लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’ को सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले याे सेवाको सुरुवात गरेको हो । एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटीसँगको सहकार्यमा सुरू गरिएको ‘ओरेन्जएनएक्सटी’ सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोलबेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्जएनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल…

१५ औँ वार्षिक उत्सवमा इसेवाका १५ अफर

१५ औँ वार्षिक उत्सवमा इसेवाका १५ अफर इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । अफरअन्तर्गत इसेवामार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै इसेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्दा १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा…

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेका छन् । नेपालको पुँजीबजारको विकासको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतकाे अध्ययन गरी एकभन्दा बढी संगठित संस्थालाई स्टक एक्सचेञ्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्ने कार्यादेश समितिलाई दिइएको छ । समितिलाई ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय दिइएको हो । नेपाल धितोपत्र बोर्डले गत वर्ष असोजमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स…

बुक बिल्डिङ विधिमार्फत रिलायन्सको आईपीओ जारी

बुक बिल्डिङ विधिमार्फत रिलायन्सको आईपीओ जारी बोलपत्र पेश गर्ने अन्तिम मिति माघ १४ गते रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले माघ १० गते बुक बिल्डिङ विधिमार्फत आईपीओ बिक्री खुला गरेको छ । यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई शेयर बोलकबोल खुला गरेको हो । बोलकबोलको प्रतिकित्ता ६०८ देखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । यसको रजिष्टर्ड कार्यालय काठमाडौंमा भए पनि उद्योग भने इटहरी र सुनसरीमा छ । रिलायन्स धागो उत्पादन गर्ने उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७०–७५ प्रतिशतभन्दा बढी उत्पादन भारत, टर्की, भियतनाम, यूकेलगायतका मुलुकहरुमा निर्यात गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता १६ हजार ५६०…

शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश

शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश शिवम् सिमेन्ट्स लिमिटेडको हालै सम्पन्न आठौं वार्षिक साधारण सभाले आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ…

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग नेपालको स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स लगायतका ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ। हालै चिकित्सा शिक्षा आयोगले गरेको अध्ययनले नेपालको जनसंख्याको अनुपातमा हाल ५६ हजार ५० जना चिकित्सक नर्ससहितका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको कमी देखाएको हो। नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कमी रहेको देखाएको हो। आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार आयोग स्थापना भएपछि पहिलोपटक नेपालमा विशिष्टीकृत अस्पतालदेखि आधारभूत र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको र…