काेभिड सामग्री खरिदमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा
काेभिड सामग्री खरिदमा भ्रष्टाचार, ७ जनाविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडामा कोभिड–१९ का लागि आवश्यक व्यक्तिगत सुरक्षा सामग्री खरिद प्रक्रियामा अनियमितता र मनोमानी भएको ठहर गर्दै ७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार बोलपत्र प्रक्रियामा कम मूल्य कबोल गर्ने प्रतिस्पर्धी बोलपत्रदातालाई अन्यायपूर्वक हटाई बढी मूल्य कबोल गर्ने आपूर्तिकर्तालाई लाभ हुने गरी बोलपत्र मूल्याङ्कन समिति र सम्बन्धित कर्मचारीले मिलेमतोपूर्ण निर्णय गरेका थिए । यसरी गरिएको गैरकानूनी कार्यबाट राज्यको झण्डै ३१ लाख १७ हजार ८९ रुपैयाँ बराबरको आर्थिक हानी भएको दाबी गर्दै सोही परिमाणको बिगो असुल र कानूनअनुसारको कैद तथा…