सुनकाे मूल्य हालसम्मकै उच्च : ताेलाकै २ लाख ८२ हजार पुग्याे
सुनकाे मूल्य हालसम्मकै उच्च : ताेलाकै २ लाख ८२ हजार पुग्याे

नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । आइतबार २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।
यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1