रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता साधारण शेयर (११ करोड ८५ लाख रुपैयाँ बराबर) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ ।…

पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओ पुस २५ देखि

पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आईपीओ पुस २५ देखि पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पुस २५ गतेदेखि पहिलो चरणअन्तर्गत आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) निष्कासनका लागि अनुमति पाएको थियो । सो स्वीकृतिअनुसार पहिलो चरणमा जारी शेयरमध्ये आयोजना प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि ५ प्रतिशत अर्थात १८ लाख ७५ हजार…

नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो

नेप्से परिसूचक घटेर २६२०.९२ विन्दुमा, कारोबार रकम पनि खुम्चियो साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बुधबार सामान्य बढेर बन्द भएको नेप्से यस दिन भने दोहोरो अंकले घटेको हो । बिहीबार नेप्से परिसूचक १२.८३ अंकले घटेर २६२०.९२ विन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स २.४३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८८ अंकले ओरालो लागेको छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। बुधबार ५ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३६ स्टकको ६४ हजार ४०७ पटकको कारोबारमार्फत ४ अर्ब…

शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा थुनामुक्त

शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटीमा थुनामुक्त काठमाडौं । झूटो धितोपत्र कारोबार तथा शेयर मूल्य प्रभावित पारेको आरोपमा पक्राउ परेका शेयर कारोबारी दीपेन्द्र अग्रवाल धरौटी बुझाएर थुनामुक्त भएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अग्रवालसँग ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिव कुरमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ अनुसार सरकारी वकिलको सहमतिमा अग्रवाललाई धरौटीमा रिहा गरिएको हो । उक्त कानुनी व्यवस्थाले अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यक्तिलाई आवश्यक नदेखिएमा धरौटी, जमानत वा हाजिर जमानीमा छाड्न सक्ने अधिकार अनुसन्धान अधिकारीलाई दिन्छ । नेपाल धितोपत्र…

४७.५५ अंकले बढ्याे नेप्से

४७.५५ अंकले बढ्याे नेप्से नेप्से परिसूचक आइतबार ४७.५५ अंकले बढेको छ । नेप्से ०.८३ प्रतिशतले बढेर २६३३.४२ विन्दुमा बन्द भएको हो। नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार तीन अर्ब २२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा आइतबार उक्त रकम बढेर पाँच अर्ब ५३ करोड रूपैयाँ पुगेको छ।

टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने

टेलिकमले ३० प्रतिशत नगद लाभांश दिने नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको हो । कम्पनीका अनुसार हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । यस लाभांश पारित गर्न कम्पनीले यही पुस ३० गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।

सेयर काराेबारी अग्रवाल पक्राउ

सेयर काराेबारी अग्रवाल पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ । उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेको देखिएको छ। बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए तर उनले धितोपत्र सम्बन्धी ऐन, २०६४ को दफा ९७ (ग) बमोजिम झुक्क्याउने विवरण दिएर भ्रामक सूचना सार्वजनिक गरेको आरोप छ। उक्त दफाको ‘ग’मा भनिएको छ, ‘बदनीयत साथ कुनै तथ्य वा जानकारी लुकाउने र बदनीयत साथ झूटा वा भ्रामक विवरण प्रतिज्ञा वा पूर्वअनुमान बनाउने वा प्रकाशित गर्ने ।’…

चन्द्रागिरि हिल्सले हकप्रद शेयर जारी गर्ने

चन्द्रागिरि हिल्सले हकप्रद शेयर जारी गर्ने चन्द्रागिरि हिल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । कम्पनीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश समेत पारित गर्न लागेको छ । जसका लागि पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा चन्द्रागिरि हिल्स लिमिटेडको बटम स्टेशन परिसरमा आयोजना गरिने भएको छ । उक्त सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्ध…

अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने

अब बोनस सेयर दिँदा कम्पनीहरूले कर व्यवस्था गर्नुपर्ने अब सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशस्वरुप बोनस सेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ। बोनस सेयर घोषणा गर्दा कम्पनीले नै करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने व्यवस्था धितोपत्र बोर्डले गरेको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई दशौं पटक संशोधन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको हो । यसअघि निर्देशिकामा यसलाई समेटिएको थिएन । जसले गर्दा कम्पनीले बोनस सेयर दिए पनि सोको कर प्रयोजनका लागि नगद छुट्याउनुपर्ने अनिवार्य व्यवस्था थिएन । यद्यपि अधिकांश कम्पनीले बोनस सेयरका लागि आवश्यक कर रकम पनि नगद लाभांशका रुपमा घोषणा गरी…

सोलु हाइड्रोपावरको आईपीओ खुल्याे

सोलु हाइड्रोपावरको आईपीओ खुल्याे सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १ करोड कित्ता सेयर छुट्याइएको छ । सोलुखुम्बुको दुधकुन्ड नगरपालिका ७ र ११ तथा थुलुङ दुधकोशी गाउँपालिका १ का स्थानीयबासीलाई ४० लाख कित्ता, यी दुई पालिकाका ती वडाबाहेक अन्य वडालाई ६० लाख कित्ता सेयर…