प्रभु बैंक प्रकरणले बैंकिङ क्षेत्र तरङ्गित : राष्ट्र बैंकको भूमिकामा प्रश्न
प्रभु बैंक प्रकरणले बैंकिङ क्षेत्र तरङ्गित : राष्ट्र बैंकको भूमिकामाथि प्रश्न प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन विगत १९ दिनदेखि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा छन् । प्रभु मनि ट्रान्सफरको रकम हिनामिनासँग जोडिएको एउटा पुरानो प्रकरणलाई लिएर सीआईबीले गत मङ्सिर १४ गते उनलाई नियन्त्रणमा लिएको थियो । एउटा ठुलो वाणिज्य बैंकका बहालवाला सीईओ यति लामो समयसम्म हिरासतमा हुँदा बैंकिङ क्षेत्र तरङ्गित छ । नेपाल बैंकर्स संघले शेरचनलाई हाजिरी जमानीमा रिहा गरेर अनुसन्धान अघि बढाउन सीआईबीसमक्ष आग्रह गर्दै आएको छ । तर, अनुसन्धान टुंगोमा नपुगेको र थप सोधपुछ आवश्यक रहेको भन्दै प्रहरीले उनलाई छोड्न मानेको छैन ।…