मधेस प्रदेशका ४६ प्रतिशत भूभागमा हल्कादेखि मध्यम वर्षा
मधेस प्रदेशका ४६ प्रतिशत भूभागमा हल्कादेखि मध्यम वर्षा आइतबार दिउँसोदेखि सोमबार बिहानसम्म मधेस प्रदेशका ४६ प्रतिशत भूभागकामा हल्कादेखि मध्यम वर्षा भएको छ । चरम खडेरीको कारण खानेपानी र सिँचाइ सङ्कटको सामना गरिरहेको मधेसमा हल्का पानी पर्दा तापक्रम केही घटेको छ । जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल भन्छिन्, ‘पर्याप्त पानी पर्न सकेन, हल्का पानीले छारो मेटेको छ । तर यसले मधेसको खानेपानी र सिँचाई संकटलाई कम नगर्ने देखिन्छ ।’ उनले मधेसको जमिन धेरै नै सुकेकोले पानी निरन्तर पर्दा मात्रै संकट हट्ने बताइन् । यद्यपि थोरै भनेपनि मधेसका जनताले गर्मीमा राहत पाएका छन् । विभागको पूर्वानुमान अनुसार आज दिउँसो…