साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य गिरावट साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । बजार खुलेदेखि नै उतारचढावपूर्ण रहेको नेप्से अन्त्यमा ९.२२ अङ्क घटेर २७५७.९७ को बिन्दुमा बन्द भएको हो । परिसूचकसँगै आज कारोबार समेत करिब ५ अर्ब रुपैयाँमा सीमित भएको छ । दिनभरमा कुल ३१९ स्क्रिपका १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २ करोड कारोबार भएको हो । सर्वाधिक कमाउने कम्पनीमा विकास हाइड्रो सबैभन्दा अगाडि छ । उक्त कम्पनीमा आज ९.९९ प्रतिशत वृद्धिसहित सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै गिरावट भने जनउत्थान सामुदायिक लघुवित्त संस्थाको…

म्युचुअल फन्डका ३१ योजनाले घोषणा गरे लाभांश

म्युचुअल फन्डका ३१ योजनाले घोषणा गरे लाभांश म्युचुअल फन्डले इकाइधनीलाई लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म ३१ योजनाले लाभांश घोषणा गरेका छन् । हाल अंकित मूल्यकै हाराहारीमा म्युचुअल फन्डका योजना किनेर २१ प्रतिशतसम्म प्रतिफल पाउने अवसर आएको छ । ५ वटा योजनाले २० प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्वीटी फन्ड, सानिमा लार्ज क्याप, आरबीबी म्युचुअल फन्ड १ र लक्ष्मी उन्नति कोषले २० प्रतिशत बढी लाभांश घोषणा गरेका छन् । कतिपयको बुक क्लोज भई मूल्य समायोजनसमेत भइसकेको छ । मूल्य समायोजन भइसकेका फन्ड किन्दा लाभांश पाइँदैन । म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ…

सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने कार्य नगर्नू : नेप्से

सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने कार्य नगर्नू : नेप्से नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले कुनै पनि धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने, मूल्य नतोक्ने प्रष्ट पारेको छ । नेप्सेका नाममा सामाजिक सञ्जालहरूमा सेयर बजार सम्बन्धी भ्रामक तथा अनधिकृत सामग्री, स्टक टिप्स, सेयर किनबेचका सिफारिस लगायत झुटा दाबी गरेको पाइएपछि सर्वसाधारणलाई भ्रममा नपर्न नेप्सेले आग्रह गरेको हो । यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेले जनाएको छ । यस किसिमका भ्रामक र अनधिकृत सामग्री आधार बनाइ लगानी नगर्न समेत नेप्सेले सुझाएको छ । नेप्सेले सूचना/प्रेस नोट नेप्सेको वेबसाइट र आधिकारिक सामाजिक…

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर श्रीवास्तव पक्राउ

११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर श्रीवास्तव पक्राउ ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् । श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् । सेयर कारोबारी दीपेन्द्र अग्रवालले सेयर खरिद–बिक्री गर्ने विभिन्न १५ नाममध्येका २ जना आफूहरूले पाउनुपर्ने रकम फिर्ता नदिएको भन्दै उजुरी दिएको काठमाडौ प्रहरी परिसरले जनाएको छ । ‘मिता मुरारका अग्रवाल र ज्योति अग्रवालले आफूहरूले पाउनु पर्ने ११ करोड ५५ लाख नपाएको भन्दै जाहेरी परेको थियो,’ परिसरका एक अधिकृतले भने, ‘ठगी कसुर सम्बन्धी…

सागर डिस्टिलरीको आईपीओ साउन २८ गतेदेखि

सागर डिस्टिलरीको आईपीओ साउन २८ गतेदेखि मदिरा उत्पादन कम्पनी सागर डिस्टिलरीले साउन २८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो । जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन हुन लागेको हो । १४ लाख ५२ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुने छ । जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २ सय कित्ता सेयर खुल्नेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत उनीहरुले छिटोमा भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र सम्पूर्ण रुपमा बिक्री नभएमा ढिलोमा भदौ ११ गतेसम्म…

सेयर बजार निरन्तर ओरालाे

सेयर बजार निरन्तर ओरालाे साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावटको यात्राले निरन्तरता पाएको छ । बुधबारदेखि घट्न सुरु भएको बजारमा आज थप ३१.५० अङ्कको गिरावट आएको हो। योसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९२२.६३ विन्दुमा झरेको छ । बुधबार नेप्से परिसूचक झण्डै ४८ अङ्कले घटेको थियो । आज बजारमा कारोबार भएका कुल २५० कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने जम्मा ५२ कम्पनीको मूल्य मात्र बढेको छ। आज बजारका १३ समूहका सूचकमध्ये फाइनान्स सूचक मात्रै बढेको छ । बाँकी सबै सूचकमा गिरावट आएको छ । समग्र बजार ओरालो लागेपनि आज पाँच वटा कम्पनीको सेयर मूल्यमा…

धमाधम लाभांश घोषणा गर्दै म्युचुअल फन्ड

धमाधम लाभांश घोषणा गर्दै म्युचुअल फन्ड म्युचुअल फन्डले इकाइधनीलाई धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्ष २०८१/८२ सम्मको नाफाबाट इकाइधनीलाई फन्डले नगद लाभांश घोषणा गर्न थालेका हुन् । खुलामुखी म्युचुअल फन्डले घोषणा गरेको नगद लाभांश पुनः थप इकाइमा लगानी गर्न सकिनेछ । हालसम्म तीन वटा खुलामुखी योजनाले लाभांश घोषणा गरेका छन् । घोषित लाभांश करसहित हो । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित खुलामुखी योजना शुभ लक्ष्मी कोषले इकाइधनीलाई १६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । साउन १२ गतेसम्म कायम रहेका इकाइधनीले लाभांश पाउने छन् । खुलामुखी योजना भएकाले यो लाभांश पुनः थप इकाइमा लगानी गर्न सकिनेछ ।…

आधाभन्दा बढीले पाए हिमालयन बैंककाे एफपिओ

आधाभन्दा बढीले पाए हिमालयन बैंककाे एफपिओ हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) बाँडफाँट भएको छ । कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । असार ३१ गतेदेखि साउन ४ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्कासन भएको थियो । एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो । यीमध्ये ९ लाख २५ हजार ४६ जनाले सेयर पाएका छन् । यीमध्ये पनि ९ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् भने ९ लाख २५ हजार ३७ जनाले १० कित्ताका…

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नउठे लाइन काट्छाैं : शाक्य

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नउठे लाइन काट्छाैं : शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद ३५ दिनलाई थप गरिएको बताएका छन् । बुधबारको सञ्चालक समितिले म्याद थप गर्ने निर्णय गरेको हो । सञ्चारकर्मीसँग कुरा गर्दै उनले समितिले निर्णय गरेपछि बक्यौता उठाइने बताए । बक्यौता उठ्न नसके लाइन काटिने शाक्यले प्रष्ट्याए । समितिलाई यसअघि दिइएको ३५ दिनको समय साउन ३ गते सकिएको थियो । तर, तोकिएको समयमा काम नभएपछि म्याद थपिएको हो । सञ्चालक समिति सदस्य तथा पुनरावलोकन समितिका अध्यक्ष श्यामकिशोर यादव छन् । डेडिकेटेड र…

पाइपलाइनमा रहेका ३७ मध्ये १६ जलविद्युत् कम्पनी मात्रै आइपिओका लागि याेग्य

पाइपलाइनमा रहेका ३७ मध्ये १६ जलविद्युत् कम्पनी मात्रै आइपिओका लागि याेग्य अब जलविद्युत कम्पनीहरूले आयोजनाबाट विद्युत उत्पादन सुरु गरेपछि मात्र सर्वसाधारणका लागि आईपीओ जारी गर्न पाउने भएका हुन् । ‘जलविद्युत क्षेत्रका कम्पनीहरूको उत्पादन शुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने’, नेपाल धितोपत्र बोर्ड (सेबोन) को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा उल्लेख छ । धेरैजसो जलविद्युत कम्पनीहरूले आयोजना निर्माणकै क्रममा आईपीओ जारी गरेर सर्वसाधारणबाट पुँजी संकलन गर्दै आएका थिए । तर, अब सेबोनले भने गर्न लागेको नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि भने जलविद्युत कम्पनीहरूले आईपीओमा जानका लागि उत्पादन शुरु गर्नुपर्ने भएको छ । आईपीओ निष्कासनको…