सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली आइतबार सेयर बजारमा सुधार आएकाे छ । सााताको पहिलो दिन आइतबार बजार परिसूचक (नेप्से) ३२.२४ अंकले बढेर २६९५.५५ अंकमा पुगेको हो । दिनभर २७०० भन्दा माथि रहेको बजार अन्तिममा सोभन्दा तल झरेर बन्द भएको हो । ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २४४ कम्पनीको कारोबार हुँदा २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ । बजारमा आज म्युचुअल फण्ड बाहेक सबै सूचकम हरियाली छाएको छ । फाइनान्स र अन्य समूहमा २ प्रतिशत भन्दा धेरैको सुधार आएको छ । होटल र हाइड्रोपावर क्षेत्रमा पनि १ प्रतिशत भन्दा धेरै…

हकप्रद सेयर निष्कासन गर्दै सात इन्स्योरेन्स

हकप्रद सेयर निष्कासन गर्दै सात इन्स्योरेन्स सात इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर दिने भएका छन् । जसमा चार वटा निर्जीवन बीमा छन् भने बाँकी तीन जीवन बीमा कम्पनी रहेका छन् । युनाइटेड अजोड, सानिमा जिआइसी, प्रभु, नेपाल इन्स्योरेन्स, प्रभु महालक्ष्मी, सन नेपाल र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको अनुमति मागेका छन्। युनाइटेड अजोडले १५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न गत असोजमा बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १:०.१५ अनुपातमा ३१ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ।कम्पनीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल छ। सानिमा जिआइसीले २५ प्रतिशत हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।कम्पनीले १०:२.५…

मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य

मार्जिन कारोबारका लागि १०२ कम्पनी योग्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । नेप्सेले मार्जिन कारोबार योग्य १०२ कम्पनीको सूची सार्वजनिक गरेको हो । नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका कारोबारयोग्य कम्पनीहरूको सूची सार्वजनिक गरिएको छ । नेप्सेमा सूचीकृत ३२५ भन्दा बढी कम्पनीमध्ये १०२ वटा कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्यमा परेका छन् । मार्जिन कारोबारयोग्य कम्पनीहरूमा १६ वटा वाणिज्य बैंक परेका छन् भने ६ वटा विकास बैंक परेका छन् । त्यस्तै, एक फाइनान्स कम्पनी, ३३ लघुवित्त वित्तीय संस्था, ९…

१२.५८ अंकले बढ्याे नेप्से

१२.५८ अंकले बढ्याे नेप्से नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आइतबार १२.५८ अंकले बढेको छ । हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक, फाइनान्स र अन्य सेक्टर बढेका छन् भने होटल तथा पर्यटन र म्युचुअल फन्ड घटेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले गएको साता बढी जोखिम महसुस गरेर सेयर बिक्री गरेका थिए । आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ । नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड…

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार नेपालको सेयर परिसूचक (नेप्से) बुधबार १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो । बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो । आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३…

गार्डियन लाइफको आईपीओमा एकैदिन साढे ४ लाख जनाको आवेदन

गार्डियन लाइफको आईपीओमा एकैदिन साढे ४ लाख जनाको आवेदन आइतबारदेखि खुलेको गार्डियन लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा एकैदिन साढे ४ लाख जनाको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन ४ लाख ४८ हजार ५६९ जना आवेदकहरूले ६३ करोड ३० लाख ८० हजार कित्ताका लागि आवेदन दिएका हुन् । इन्स्योरेन्सले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । ७५ करोड रुपैयाँ पुँजी भएको गार्डियनले उक्त पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति…

सेयर मार्केट एण्ड फाइनान्स व्यवस्थापनका लागि चार जनाकाे सर्टलिष्ट

सेयर मार्केट एण्ड फाइनान्स व्यवस्थापनका लागि चार जनाकाे सर्टलिष्ट समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिको लागि चार जनाको नाम सर्टलिस्ट गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनमा दरखास्त दिएका मध्येबाट उनीहरुलाई सर्टलिस्ट गरिएको हो । यसरी सर्टलिस्टमा पर्नेहरुमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । सर्टलिस्टमा परेका उनीहरुको अन्तरवार्ताका तथा प्रस्तुतीकरणका लागि पुस २१ देखि २४ गतेसम्मको मिति समेत तोकिएको छ । यसअघि राष्ट्र बैंकले गत मंसिर १२ गते उक्त पदपूर्तिको लागि विज्ञापन खुलाएको थियो ।

काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट

काराेबारकाे अन्तिम दिन नेप्सेमा दाेहाेराे अङ्ककाे गिरावट साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । नेप्से आज ३३.४२ अंकले घटेर २ हजार ६८२ दशमलव २९ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ६ अर्ब १४ करोड ४० लाख ६५ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा ४० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । आजको कारोबारमा जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ : अध्यक्ष श्रेष्ठ

पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुनुपर्छ : अध्यक्ष श्रेष्ठ नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै उनले बोर्डले लगानीकर्ताको सुरक्षाको लागि पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।उनले लगानीकर्ताको मनोबल उच्च भए मात्रै बजार चलायमान र पुँजीबजारको विकास हुने उल्लेख गरे । उनले लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा हुँदा मात्रै सुरक्षित महशुस गर्ने बताए । श्रेष्ठले भने,‘पुँजीबजार चलायमान हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक हुन्छ । बोर्डले लगानीकर्ताको सुरक्षाको लागि लगानीकर्ताको मनोवल उच्च हुन आवश्यक छ ।…

मंगलबार पनि घट्याे नेप्से

मंगलबार पनि घट्याे नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९ दशमलव ८२ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ४ अर्ब ४१ करोड ३३ लाख २० हजारको कारोबार भएको छ । आजको कारोबारमा ८५ कम्पनीको शेयरमूल्य बढ्दा १४८ को घट्यो । १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य ९.९० प्रतिशतले घटेको छ । आज यस कम्पनीको नै सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ ।