नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा बन्द भएको हो । आइतबार ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजारको कारोबार भएको छ । आजको कारोबारमा ९२ कम्पनीको शेयर मूल्य बढ्दा १३८ को घट्यो । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ३५ करोड २७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको…

नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा

नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पुँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।

१९.९७ अंकले बढ्याे नेप्से

१९.९७ अंकले बढ्याे नेप्से सेयर बजारको परिसूचक नेप्से सोमबार १९.९७ अंक बढेको छ । वृद्धिसँगै नेप्से परिसूचक २७५८ मा कायम भएको छ । कारोबार रकमले साढे १० अर्ब नाघेको छ । अघिल्लो दिन ८ अर्ब ८३ करोडको कारोबार भएकोमा आज १० अर्ब ५४ करोडको भयो । १२६ कम्पनीको मूल्य बढ्दा ११२ को घट्यो भने ५ को स्थिर रह्यो । अघिल्लो दिन विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएकोमा सोमबार भने होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखियो । सो समूहको सूचक ४.९९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको १० प्रतिशत मूल्यवृद्धिका कारण व्यापार सेक्टर ९.७ प्रतिशत बढ्यो । हाइड्रोपावर ०.६२, लगानी…

साताको पहिलो दिन नेप्सेमा गिरावट

साताको पहिलो दिन नेप्सेमा गिरावट साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेर बन्द भएको छ । नेप्से ९.९९ अंकले घटेर दुई हजार ७ सय ३८ दशमलव ६ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६३ कम्पनीको शेयरमूल्य बढ्दा १७८ को घट्यो भने तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ । अन्य दुई कम्पनीको…

सेयर बजारमा अन्याेल कायमै

सेयर बजारमा अन्याेल कायमै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौल देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ । अहिले शेयर बजार २ हजार ७५० को हाराहारीमा छ । पछिल्लो दुई साता अघिको अवस्था हेर्ने हो भने यो बराबर जस्तै हो । पहिलो साता झन्डै ८० अङ्क घटेको बजार यो साता लगभग त्यति नै अङ्कले बढेर दुई साताअघिकै लेभलमा पुगेको छ । २०७८ भदौमा बजारले ३२ सय विन्दुको रेकर्ड बनाएको थियो । त्यसयता बजारले एकपटक ३ हजारको हाराहारीसम्म पुग्नुबाहेक…

‘राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ’

'राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ' नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बोर्डको कार्यालयमा बुधवार कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका धेरै काम भएको भन्दै त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताए। उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डमा लामाे समयसम्म अध्यक्ष नहुँदा राेकिएका काम अब अघि बढ्ने बताए । उनले भने, ‘आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तुस्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको…

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । करिब एक वर्षदेखि नेतृत्वविहीन सेबोनले सोमबार नयाँ अध्यक्ष पाएको हो ।

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन हुँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउदो मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्तापुँजीको १०ः६.२५६ अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद साधारण सेयरको बिक्री आवेदन खुल्ला गर्न लागेको हो । सेयर हकप्रद खरिदका लागि पुस १ गतेसम्म खरिद आवेदन दिनअन्तिम समय रहेको कम्पनी ले जनाएको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन्…

तिहार बिदाको अघिल्लो दिन नेप्सेमा गिरावट

तिहार बिदाको अघिल्लो दिन नेप्सेमा गिरावट तिहार बिदाको अघिल्लो दिन सेयर बजार परिसूचक (नेप्से)मा गिरावट आएको छ । साताको चौथो दिन बुधबार परिसूचक १४.४३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २६७७.६२ विन्दुमा झरेको छ । १६४ कम्पनीको मूल्य घटेको छ । ७५ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । यो दिन कुल १ करोड २० लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । होटल तथा पर्यटन, निर्जीवन बीमा र ट्रेडिङ उपसूचक बढ्दा अन्य दश उपसूचकमा गिरावट देखिएको छ । सबैभन्दा धेरै गिरावट लगानी समूहमा देखिएको छ । समग्र…

फेरि सुस्तायाे सेयर बजार

फेरि सुस्तायाे सेयर बजार सेयर बजारमा मंगलबार देखिएको उत्साह एक दिन पनि टिकेन । बुधबार बजार २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा अडिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ । बुधबार ६ अर्ब ७७ करोड बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन साढे ७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । घटेको बजारमा थ्रि स्टार हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ३१० कम्पनी सामेल भएको आजको कारोबारमा फाइनान्सबाहेक सबै समूह ओरालो लागेको छ । आज नेपाल फाइनान्सको मात्र २० करोड ७१ लाख ५५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा…