दोहोरो अंकले घट्याे सेयर बजार

दोहोरो अंकले घट्याे सेयर बजार साताकाे चाैथाे दिन सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबारदेखि दोहोरो अंकले बढ्दै आएको नेप्से परिसूचक चौथो दिन बुधबार २१.६७ अंकले घटेर २०९७.९३ बिन्दुमा अडिएको हो । बुधबार बजारमा १ करोड ४७ लाख ७७ हजार १२० कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । गत सोमबार मात्रै १० अंकले बढेर २१ सयको बिन्दुमाथि पुगेको परिसूचक आज २१ अंकले घटेर २१ सयको बिन्दुभन्दा तल झरेको हो । आजको कारोबारमा समलिङ पावर कम्पनी, मन्दकीनी हाइड्रोपावर र पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सार्वधिक नाफा कमाएका छन् भने मेँछियम हाइड्रोपावर…

श्री एयरलाइन्सकाे पर्वतीय उडान

श्री एयरलाइन्सकाे पर्वतीय उडान श्री एयरलाइन्सले सोमबार नेपालगन्ज विमानस्थलबाट चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शनका लागि पर्वतीय उडान गरेको छ । नेपाल भूभागबाट यसरी उडान गरिएको यो पहिलो पटक भएको एयरलाइन्सले दाबी गरेकाे छ । टेमुप ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज र पठिल होलिडेज् काठमाडौँसँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ । उक्त उडान क्याप्टेन प्रफुल्ल वैद्य तथा क्याप्टेन राजेश श्रेष्ठको नेतृत्वमा ४४ जना यात्रु र चालक दल ५ जनासमेत उडान गरिएको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार ३५ जनाको विन्डो सिटबाट कैलाश पर्वत तथा मानसरोवर दर्शन गर्न…

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’ को सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले याे सेवाको सुरुवात गरेको हो । एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटीसँगको सहकार्यमा सुरू गरिएको ‘ओरेन्जएनएक्सटी’ सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोलबेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्जएनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल…

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेका छन् । नेपालको पुँजीबजारको विकासको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतकाे अध्ययन गरी एकभन्दा बढी संगठित संस्थालाई स्टक एक्सचेञ्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्ने कार्यादेश समितिलाई दिइएको छ । समितिलाई ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय दिइएको हो । नेपाल धितोपत्र बोर्डले गत वर्ष असोजमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स…

शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश

शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश शिवम् सिमेन्ट्स लिमिटेडको हालै सम्पन्न आठौं वार्षिक साधारण सभाले आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ…

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग नेपालको स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स लगायतका ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ। हालै चिकित्सा शिक्षा आयोगले गरेको अध्ययनले नेपालको जनसंख्याको अनुपातमा हाल ५६ हजार ५० जना चिकित्सक नर्ससहितका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको कमी देखाएको हो। नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कमी रहेको देखाएको हो। आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार आयोग स्थापना भएपछि पहिलोपटक नेपालमा विशिष्टीकृत अस्पतालदेखि आधारभूत र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको र…