विराटनगरमा लक्ष्मी सनराइज बैंककाे शाखा स्थानान्तरण

विराटनगरमा लक्ष्मी सनराइज बैंककाे शाखा स्थानान्तरण लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा न.७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ कि.मि. उत्तरतर्फ सोही महानगरपालिकाको वडा न. ३ स्थित पुष्पलाल चोकमा स्थानतरण गरिएको छ । स्थानतरण गरिएको साविकको हनुमान दास रोडको शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण भए सँगै लक्ष्मी सन्राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र समुचित सेवा प्रदान गर्न बैंकले बिर्तामोडमा रहेका आफ्ना…

देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै

देशकाे अर्थतन्त्रभन्दा बैंकमा रहेकाे माैज्दात ११४ प्रतिशत धेरै नेपालको अर्थतन्त्रभन्दा बैंक तथा वित्तीय संस्थामा रहेको रकमको अंश ११४ प्रतिशतले ठूलो भएकाे छ । अहिले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ६१ खर्ब ८६ अर्ब रुपैयाँ छ । यो क (वाणिज्य बैंक), ख (विकास बैंक) र ग (फाइनान्स कम्पनी) वर्गका वित्तीय संस्थाको मात्र आँकडा हो । लघुवित्त, सहकारीलगायतका रकम यसमा गणना गरिएको छैन । ६१ खर्बको निक्षेप हुँदा चालु वर्ष देशको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रुपैयाँ पुग्ने सरकारी अनुमान छ । यो भनेको देशको अर्थतन्त्र भन्दा निक्षेप ११४ प्रतिशतले बढी छ । बैंकहरुले प्रवाह गर्ने ऋण अहिले ५१ खर्ब…

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा ढुङ्गाना नियुक्त नबिल बैंक लिमिटेको प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना नियुक्त भएका छन् । जेठ २ गते बसेको नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई २०८१ साल असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनः नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही तीन दशक बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल…

सिटिजन्स बैंक र दुषित प्रिन्सेसबीच छुट सम्झौता

सिटिजन्स बैंक र दुषित प्रिन्सेसबीच छुट सम्झौता सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाटस्थित दुषित प्रिन्सेस काठमाडौंबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले दुसित प्रिन्सेस काठमाडौंमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा…

बैंक खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गरिँदै

बैंक खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गरिँदै नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवाको स्पष्ट व्यवस्था गर्ने भएको छ । बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने सम्बन्धी व्यवस्थालाई थप स्पष्ट गर्न विनियमावली बनिरहेको छ । विभिन्न कारणले खाता रोक्का गर्नुपर्ने स्थितिमा रहेको अस्पष्टतालाई नेपाल राष्ट्र बैंकले स्पष्ट पार्न बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ जारी गर्न लागेको छ । यसको मस्यौदा तयार भइसकेको छ । सुझावका लागि मस्यौदा राखिएको छ । यसमा सम्पूर्ण, आंशिक र निश्चित खाता रोक्का हुनसक्ने गरी प्रस्ताव गरिएको छ । कुनै इजाजतपत्र प्राप्त संस्थामा रहेको खाता रोक्का…

जनकपुरकाे एभरेष्ट बैंकमा दुर्गा प्रसाईं समर्थककाे ताला

जनकपुरकाे एभरेष्ट बैंकमा दुर्गा प्रसाईं समर्थककाे ताला दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्‍यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी गरेका छन् । उनीहरूले बैंकको मूल गेटमै ताला लगाएका हुन् । ऋणीलाई आत्महत्या गर्नसम्म बाध्य पारेको भन्दै प्रसाईं समर्थकले प्रदर्शन पनि गरेका छन् । बैंकमा तालाबन्दी गर्ने क्रममा प्रहरीसँग ठेलमठेल भएको थियो । गेटमा तालाबन्दीपछि स्व. खुशीराम चौधरीको तस्बिर राखिएको छ । बर्दियाका चौधरीले एभरेष्ट र ज्योती विकास बैंकले ऋण तिर्न दबाब दिएको भन्दै आत्महत्या गरेका थिए । प्रसाईंका समर्थक जनकपुरधामस्थित ज्योति विकास बैंकमा पनि तालाबन्दी गर्न गएका थिए तर प्रहरीले त्यहाँ रोकेको थियो ।

९ महिनामा भित्रियाे १० खर्ब ८२ अर्ब रेमिट्यान्स

९ महिनामा भित्रियाे १० खर्ब ८२ अर्ब रेमिट्यान्स चालू आर्थिक वर्षको ९ महिनामा मुलुकमा १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको यसै अवधिको तुलनामा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार विप्रेषण आप्रवाह बढेसँगै विदेशी मुद्राको सञ्चिति पनि १९ खर्ब नाघेको छ । चैत मसान्तसम्म यस्तो सञ्चिति १९ खर्ब ११ अर्ब ८६ करोड रूपैयाँ पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८०…

नबिल डिवेन्चर २०८९ निष्काशन गर्न नेपाल एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

नबिल डिवेन्चर २०८९ निष्काशन गर्न नेपाल एसबीआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको छ । यस सम्बन्धमा दुई कम्पनी बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । नबिल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका बैंकले जनाएकाे छ । बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यका ऋणपत्र निष्कासन गर्न थालेको हो । वार्षिक ८ प्रतिशत ब्याजदर रहेको यो ऋणपत्रको अवधि…

एनआईसी एसियाकाे छुट योजना सार्वजनिक

एनआईसी एसियाकाे छुट योजना सार्वजनिक एनआईसी एसिया बैंकले कर्जा ग्राहकहरुले पाउने सुविधा सार्वजनिक गरेको छ । २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेठभित्र चुक्ता गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएके छ । त्यस्तै साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना बैंकले ल्याएको छ । मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरूलगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सकिने बैंकले जनाएको छ । बैंकले यस…

९ महिनामा ११ वाणिज्य बैंकमाथि राष्ट्र बैंककाे कारवाही

९ महिनामा ११ वाणिज्य बैंकमाथि राष्ट्र बैंककाे कारवाही नेपाल राष्ट्र बैंकले साउनदेखि चैतसम्म ९ महिनामा आफ्नो नीति निर्देशन नमान्ने १६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेकाे छ । कारबाहीमा पर्नेमा ११ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक र एउटा फाइनान्स छन् । राष्ट्र बैंकको निर्देशन पटकपटक उल्लंघन गरेको हिमालयन बैंक पहिलो त्रैमासमै कारबाहीमा परेको हाे । कर्जा निक्षेप अनुपात कम नगरेपछि हिमालयनले राष्ट्र बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिर्नुपरेको थियो । राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने हुन्छ । योभन्दा माथि गएर ऋण प्रवाह गर्ने…