दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औं शाखा नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार…

प्लास्टिकको खपत न्यूनीकरण गर्ने ग्लाेबल बैंककाे प्रतिबद्धता

प्लास्टिकको खपत न्यूनीकरण गर्ने ग्लाेबल बैंककाे प्रतिबद्धता ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार हुनेछ । बैंकले आफ्नो स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको…

गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम

गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ्ग सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली…

बैंकमा थुप्रियाे ११ खर्ब : ६ खर्ब तत्काल लगानी गर्न सकिने

बैंकमा थुप्रियाे ११ खर्ब : ६ खर्ब तत्काल लगानी गर्न सकिने बैंक तथा वित्तीय संस्थाहरुसँग ११ खर्बभन्दा बढी लगानी योग्य पुँजी थुप्रिएकाे छ । केन्द्रीय बैंकको नीति अनुरूप चैत मसान्तसम्म बैंक तथा वित्त कम्पनीले विभिन्न सुरक्षण लगानीमा राखेर पनि ६ खर्ब रुपैयाँभन्दा माथि तत्काल लगानी गर्न सकिने रकम रहेको वित्तीय रिपोर्टले देखाएकाे छ । पछिल्ला दिनहरूमा बैङ्कहरूले अपेक्षित लगानी गर्न सकिरहेका छैनन् । २०८० चैत ३० गतेसम्म कूल ६१ खर्ब ८७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरेका बैङ्कहरूले यस अवधिमा ५० खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् । निक्षेप र कर्जा लगानीको अन्तर ११…

७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे

७ बैंककाे नाफा बढ्याे, १३ काे घट्याे : सर्वाधिक कमाउनेमा नबिल, ग्लाेबल आइएमई दाेस्राे हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । सो बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्मा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेपनि बैंकको खर्च बढेका कारण खुद नाफा सामान्य घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशत र खुद फि…

१७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक : वैशाखभरि विभिन्न सेवामा भारी छुट

१७औँ वार्षिकोत्सव मनाउँदै सिटिजन्स बैंक : वैशाखभरि विभिन्न सेवामा भारी छुट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शुक्रबार आफ्नो १७औँ वार्षिकोत्सव मनाउँदैछ । वार्षिकाेत्सवकाे उपलक्ष्यमा बैंकले आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट–क्यासब्यकलगायतका योजनाहरू सार्वजनिक गरेको हो । योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई पस मेसिन र अनलाइनमार्फत् रु. १००० वा बढीको कारोबार गर्दा १७% वा बढीमा रु. १७० क्यासब्याक दिइने बैंकले जनाएको छ । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा…

अब ६ हजारमै विदेश भ्रमण !

अब ६ हजारमै विदेश भ्रमण ! ग्लोबल आइएमई बैंक लिमिटेडले क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रुपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्याड, बाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यका योजनाहरु ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३ हजार २१० र विदेश भ्रमणका लागि ६ हजार रुपैयाँको सरल किस्ताबन्दी योजना ल्याएको हो । बैंकको क्रेडिट कार्डबाहक महानुभावहरुले आइएमई ट्राभल्समा गई आफूलाई अनुकूल टुर प्याकेज किस्ताबन्दीमा खरिद गर्न सक्ने बैंकले जनाएको छ । यो योजनामा आवद्ध…

कर्जाकाे ब्याजदर दुई वर्षयताकै सस्तो

कर्जाकाे ब्याजदर दुई वर्षयताकै सस्तो बैंक तथा वित्तीय संस्थाको ब्याजदर दुई वर्षयताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको कर्जाकाे ब्याजदर करिब २ वर्षयताकै सस्तो देखाएको हो । बैशाखका लागि २० वटा वाणिज्य बैंकको औसत आधारदर ८.८५ प्रतिशत छ । सबैभन्दा बढी आधारदर हिमालयन बैंकको ९.८५ प्रतिशत छ । सबैभन्दा कम स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७.२९ प्रतिशत छ । यो दुई वर्षयताको सस्तो आधारदर हो । २०७८ माघमा बैंकहरुको औसत आधारदर ८.४९ प्रतिशत थियो । त्यसको एक वर्षपछि २०७९ पुसमा १०.८५ प्रतिशतसम्म औसत आधारदर पुग्यो । ऋणको ब्याजदर महँगो हुँदा लगानी गर्न नसकिने भन्दै व्यवसायीहरु घटाउनुपर्ने लबिङमा उत्रिए ।…

एक महिनामा डेढ अर्बभन्दा बढी रकमान्तर

एक महिनामा डेढ अर्बभन्दा बढी रकमान्तर पछिल्लो एक महिनामा सरकारी निकायबाट डेढ अर्ब बढी रकमान्तर गरी खर्च भएको छ । यसअघि खर्च नभएका आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो । पछिल्लो एक महिनामा सरकारी निकायबाट १ अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै २ अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ । बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने कामलाई रकमान्तर भनिन्छ । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को…

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच विशेष छुटकाे समझदारी

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच विशेष छुटकाे समझदारी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाडौंस्थित बेक एण्ड सेल्सबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिपछि सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, महाराजगञ्ज र सातदोबाटो शाखामा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण बैंकको…