सामसङले सार्वजनिक गर्यो ‘ग्यालेक्सी एस२५ सिरिज’
सामसङले सार्वजनिक गर्यो ‘ग्यालेक्सी एस२५ सिरिज’ सामसङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ स्मार्टफोनको प्रि-अर्डर सुरु भएको घोषणा गरेको छ । काठमाडौमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सामसङले आफ्नो हालसम्मकै सबैभन्दा नेचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभव दिने ‘ट्रु एआई कम्प्यानियन’ भएका यी स्मार्टफोन प्रस्तुत गरेको हो। सम्मेलनमा सामसङ नेपालका निर्देशक प्रणयरत्न श्रेष्ठ र मिस नेपाल वर्ल्ड २०१६ अश्मी श्रेष्ठले ‘ग्यालेक्सी एस२५ सिरिज’ अनावरण गरे । ‘सामसङले गत वर्ष ग्यालेक्सी एआईसाथ मोबाइल एआई युग सुरुवात गरेको थियो। अब हामी ग्यालेक्सी एस२५ सिरिजसाथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौं, र तपाईंको यो ट्रु एआई कम्प्यानियनले स्मार्टफोन र संसारसँगको…