५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियाे
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रियाे चालू आर्थिक वर्षको ५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० करोड अर्ब ४३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । ५ महिनाको अवधिमा चालू खाता १ खर्ब ४० अर्ब ७१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको…