लोमस फर्मास्युटिकल्सकाे सिटामोल गुणस्तरहीन

लोमस फर्मास्युटिकल्सकाे सिटामोल गुणस्तरहीन सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्रीमा राेक औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ । कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट गुणस्तरहीन रहेकाे भन्दै विभागले बिक्री वितरणमा रोक लगाएको हो । राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि गुणस्तरहीन पाइएकाे भन्दै विभागले बिक्री-वितरण नगर्न र बजारबाट फिर्तासमेत ल्याउन निर्देशन दिएको छ ।

सडक व्यापारीद्वारा महानगरविरूद्ध आन्दोलनकाे घोषणा

सडक व्यापारीद्वारा महानगरविरूद्ध आन्दोलनकाे घोषणा अभियन्ता ई: सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले आन्दोलन घोषणा गरेको छ। समितिले १५ माघदेखि २८ माघसम्म चरणबद्ध आन्दोलन घोषणा गरेको हाे । समितिका अनुसार १५ माघमा महानगरमा ज्ञापनपत्र बुझाउने, १६ माघमा प्रर्दशनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, १७ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउने उल्लेख छ । यस्तै १८ माघमा गृह मन्त्रालय, १९ माघमा प्रधानमन्त्री कार्यालय, २१ माघमा नेकपा समाजवादी पार्टी कार्यालय, २२ माघमा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, २३ माघमा नेपाली कांग्रेस पार्टी कार्यालय र २४ माघमा नेकपा एमाले पार्टी कार्यालयमा…

ललितपुरमा इन्भेष्टमेण्ट बैंकका २ वटा नयाँ शाखा

ललितपुरमा इन्भेष्टमेण्ट बैंकका २ वटा नयाँ शाखा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका-१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका-२५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएकोे हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित…