लुम्बिनी केबलकारमा ५०% छुट

भ्यालेन्टाइन्समा लुम्बिनी केबलकारमा ५०% छुट लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म बुटवल र पाल्पा जोड्ने गरी बनेको केबलकारको दुईतर्फी यात्राको टिकट दर पाँच सय रुपैयाँ कायम गर्ने घोषणा गरेको हो । नेपालीसँगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको कम्पनीले जनाएकाे छ । कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हुँदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । केबलकारको टिकट दर एक हजार…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुमा फोरजी सेवामा थप सुधार गरेको छ । यससँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले सुधारिएको फोरजी सेवा पाएको कम्पनीले जनाएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । हाल सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहामा फोरजी सेवा सुधार गरिएको छ । त्यसैगरी लुम्बिनीका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरिएको छ…