सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा

सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा राष्ट्रिय गौरव आयोजनाको सुनकोशी मरिण डाइभर्सनको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेकाे छ । कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङको अब ७ सय ९० मिटर मात्र खन्न बाँकी छ । सुरुङ खन्ने काममा कुनै भौगोलिक जटिलता नआएको खण्डमा एक महिनाभित्र ‘ब्रेक थ्रू’ भइसक्ने आयोजना प्रमुख मित्र बरालले जानकारी दिए । तराई मधेसमा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको याे आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाे छ । सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईको एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु…

लगानी कम्पनी खाेल्दै महासंघ

लगानी कम्पनी खाेल्दै महासंघ नेपाल उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने भएको छ । उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्नेछन् । उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिएकाे जानकारीअनुसार कम्पनीको अधिकृत पूँजी १० अर्ब रूपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्नेछन् । अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा आर्थिक एजेण्डामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी दिए । ‘हामीले प्रयास गर्नुपर्छ, बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ’, उनको भनाइ छ ।

इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड

इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड सर्लाहीको इन्दु शंकर चिनी उद्योगले उखु किसानलाई १ अर्ब ३१ करोड रुपैयाँभन्दा धेरै भुक्तानी गरेको छ। मिलले गत पुस ६ गतेदेखि बिहीबार बिहानसम्म किसानलाई १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको हो । गत वर्षसम्म भुक्तानीमा ढिलाई गर्दै आएको मिलले यस वर्ष उखु काँटा गरेको एक सातामै किसानको खातामा भुक्तानी पठाउन थालेको छ । यस वर्ष उखुको मूल्य सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसहित ६३५ रुपैयाँ निर्धारण भएको छ। सञ्चालनमा आएको ७१ दिनको अवधिमा इन्दु शंकरले २६ लाख ४२ हजार १ सय क्विन्टल उखु क्रसिङ गरेको छ। यस वर्ष मिलले ३५ लाख…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…