सामसङ फेरि शीर्ष स्थानमा

सामसङ फेरि शीर्ष स्थानमा विश्व बजारमा सबैभन्दा बढी बिक्री हुने फोनहरूको सूचीमा सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा अन्य ब्रान्डलाई पछि पार्दै सामसङ आफ्नो अग्रता कायम राख्न सफल भएको हो । क्यानलिसले सार्वजनिक गरेको रिपोर्ट अनुसार स्मार्टफोन बिक्रीमा सन् २०२१ देखि नै सामसङ शीर्ष स्थानमा छ । २०२४ को दोस्रो त्रैमासिकमा सामसङले विश्व बजारमा १८ प्रतिशत हिस्सा कायम गर्न सफल भएको छ । विभिन्न मूल्य रेन्जका फोन वितरण गर्ने सामसङको रणनीतिले यो सफलता दिलाएको विश्लेषण गरिएको छ । सामसङले अनुसन्धान र विकासमा ठूलो लगानी गरेको छ, जसका कारण डिस्प्ले, क्यामेरा, प्रोसेसर लगायतमा नवीनतम प्रविधिहरू उपलब्ध गराउन सक्षम…

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अपिल भुक्तानी सेवाप्रदायक ईसेवाले व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा नगर्न आफ्ना ग्राहकलाई अपिल गरेको छ । आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएकाले ईसेवाले यस्तो नियम पालना गर्न सबै ग्राहकलाई अनुरोध गरेको हो । आन्तरिक राजस्व विभागका अनुसार अब कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य विद्युतीय माध्यमबाट प्राप्त हुने रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न पाइने छैन । यसै सन्दर्भमा व्यावसायिक कारोबार व्यावसायिक क्यूआर मार्फत गर्न प्रोत्साहन…

नेपाल लाइफको ‘लिडरसीप एक्सलेन्स अवार्ड’ सम्पन्न

नेपाल लाइफको 'लिडरसीप एक्सलेन्स अवार्ड' सम्पन्न जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय लिडरसीप एक्सलेन्स अवार्ड २०२४ भव्यतापूर्वक सम्पन्न गरेको छ । भैरहवाको टाइगर प्यालेस रिसोर्टमा साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम ‘हक वर्ष : फ्लाई हाई, एम हायर’ नाराका साथ सम्पन्न भएको हो । कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजर र कम्पनीका कर्मचारीको बाक्लो उपस्थिति थियो । कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक विमल ढकाल र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा भर्चुअल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले आ.व २०८०÷८१ मा गरेको आउट स्ट्यान्डिङ पर्फमेन्सको लागि व्यक्तिगत र…

भारतमा नेपाली विज्ञापन एजेन्सी भि-चित्रले पायो प्रतिष्ठित पुरस्कार

भारतमा नेपाली विज्ञापन एजेन्सी भि-चित्रले पायो प्रतिष्ठित पुरस्कार नेपाली विज्ञापन एजेन्सीहरूले आफ्ना सिर्जनात्मक कामहरूबाट विश्वव्यापीमञ्चमा उल्लेखनीय छाप छोडिरहेका छन् । यसै सन्दर्भमा रुरल मार्केटिङएसोसिएसन अफ इन्डियाद्वारा हालै भारतमा आयोजित फ्लेम अवार्ड २०२४ समारोहमा नेपालको अग्रणी विज्ञापन एजेन्सी भि-चित्रले २ स्वर्ण र १ रजत पुरस्कारका साथ उच्च सम्मान प्राप्त गरेको छ। भि-चित्रले लोकप्रियनेपाली तयारी चाउचाउ ब्राण्ड वाइवाइको लागि संचालन गरेको 'हामी सबैको मनमा वाइवाइ' उत्कृष्ट लामो अवधिको अभियान रकपालको हेरचाह सम्बन्धिको ब्राण्ड लिभोनको लागि गरिएको क्याम्पेन 'किप योर कलर्स' वर्षको उत्कृष्ट बजेट क्याम्पेन घोषित हुँदै गोल्ड अवार्ड प्राप्त गरेको छ। यसका साथै भि-चित्रले लिभोन प्रोफेशनलका लागि गरेको अभियान वर्षकै बेस्ट इनोभेटिभ…

वर्ल्डलिंककाे ‘दुईमा चार अफर’

वर्ल्डलिंककाे 'दुईमा चार अफर' वर्ल्डलिंकले ग्राहकका लागि 'दुईमा चार अफर' सार्वजनिक गरेको हो । एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत सित्तैमा पाउनेछन् । जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रुपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ । सम्पूर्ण डिभाइसहरूको डिपोजिट भने छुट्टै तिर्नुपर्नेछ । यसैगरी २५० एमबीपीएस र ३०० एमबीपीएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने…

यामाहाले थाल्यो ‘ब्लु स्ट्रिक्स’ पहल

यामाहाले थाल्यो ‘ब्लु स्ट्रिक्स’ पहल यामाहा नेपालले यामाहा ब्लू स्क्वायर नक्सालमा आफ्नो बहुप्रतिक्षित 'ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लूस्ट्रिक्स' रोमाञ्चक र नवीन कार्यक्रम हो । यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने दाबी गरिएकाे छ । यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । 'ब्लु स्ट्रिक्स' यामाहाका ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा "म्यान-मेसिन" अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक बनाउने प्रतिबद्धताको हिस्सा भएकाे कम्पनीकाे दाबी छ । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर…

नबिल बैंकलाई एकसाथ चारवटा अवार्ड

नबिल बैंकलाई एकसाथ चारवटा अवार्ड नबिल बैंक लिमिटेडले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ । ४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्त्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको बैंकको भनाइ छ । बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । ढुंगानाले भने ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’' बैंकले पाएका अवार्डहरू १. नेशनल वेस्ट…

एनआईसी एशिया बैंक २७ औं वर्षमा

एनआईसी एशिया बैंक २७ औं वर्षमा एनआइसी एसिया बैंक आइतबारबाट २७ औं वर्षमा प्रवेश गरेको छ । २७ वर्षदेखि निरन्तर ग्राहकको सेवामा समर्पित यस बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बनेको छ ।वार्षिकोत्सवका अवसरमा एक विज्ञप्ति प्रकाशित गरी बैंकले समस्त ग्राहकवर्ग, नियामक निकाय, शेयरधनी महानुभाव, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालामा धन्यवाद व्यक्त गरेको छ । बैंकले आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ्ग सेवा एवं सुविधा प्रदान गर्ने अठोट गरेको छ ।हाल यस बैंकका मुलुकभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल सञ्चालित छन् ।…

‘फोन पे डाइरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ’ अभियान घोषणा

'फोन पे डाइरेक्ट : पैसा पठाऔँ ठाउँको ठाउँ' अभियान घोषणा भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान 'फोन पे डाइरेक्ट : पैसा पठाऔँ ठाउँ को ठाउँ' को घोषणा गरेको छ। यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्युआर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवाबारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीको भनाइ छ । यो अभियान २ महिनासम्म चल्नेछ भने भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई iPhone 15 Pro दिने मेगा उपहार योजना कम्पनीले सार्वजनिक गरेको छ।…

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख

ग्लोबल आइएमई बैंकको ग्राहक सङ्ख्या ५० लाख ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक सङ्ख्या ५० लाख नाघेको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरूमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको विज्ञप्तिमार्फत जनाएको छ । बैंककोे निक्षेप ५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्ये पहिलो नम्बरमा छ । ग्राहकमैत्री सेवा, साना तथा मझौला व्यवसायमा जोड, प्रविधिमैत्री सेवाहरूका साथै उत्तरदायी बैंकिङको अभ्यास गर्दै बैंकले…