जनकपुरमा श्रमाधान राेजगार मेला सुरु
जनकपुरमा श्रमाधान राेजगार मेला सुरु श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते दुई दिन चल्ने श्रमाधान रोजगार मेलाको शनिबार उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै मन्त्री अर्यालले मधेसमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेको र मधेसबाट ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको पनि औंल्याए । 'कुनै पनि कार्यक्रम गर्नुको पछाडि उद्देश्य हुन्छ, त्यस्तै एउटा उद्देश्य बोकेर श्रमाधान रोजगार मेला सुरु गरिएको हो, स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्, एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो,' उनले भने । यो मेलाबाट अहिले नै…