विमानस्थल भन्सारमा नि:शुल्क इन्टरनेटकाे सुविधा

विमानस्थल भन्सारमा नि:शुल्क इन्टरनेटकाे सुविधा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल टेलिकमबीच भन्सार एरियामा उच्च गतिको निःशुल्क फोन कल सुविधा उपलब्ध गराउन सम्झौता भएको छ । सम्झौता अनुसार भन्सार चेकजाँचपछि जुनसुकै यात्रुले आफ्नो पहिचान खुलाई निःशुल्क इन्टरनेट सेवा साथै फोन सेवा उपयोग गर्न सक्नेछन् । यसबाट नेपालको सिम कार्ड नभएका तथा फोन नभएका यात्रु, पर्यटक तथा सम्पूर्ण सेवाग्राही लाभान्वित हुने छन् । त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख टोकराज पान्डेले अब यात्रुले आफ्नो पहिचान खुलाएपछि इन्टरनेट सेवा र फोन सेवा उपभोग गर्ने सक्ने बताए । उनले भने, ‘यसभन्दा पहिले यात्रुले भन्सारबाट बाहिर गएपछि मात्रै फोन र इन्टरनेट खोजेर प्रयोग गर्नु पर्ने बाध्यता…

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु

लक्ष्मी सनराइज बैंकद्वारा ‘ओरेन्जएनएक्सटी’ सेवा सुरु लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ्ग सेवा ‘ओरेन्जएनएक्सटी’ को सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले याे सेवाको सुरुवात गरेको हो । एफवानसफ्ट अन्तर्गतको फोनएनएक्सटीसँगको सहकार्यमा सुरू गरिएको ‘ओरेन्जएनएक्सटी’ सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ । ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ्ग एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि मुद्दती खाता, गोलबेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार परम्परागत मोबाइल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्जएनएक्सटी मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल…

सिटिजन्स बैंक र पर्पल हेज रक बारबीच समझदारी

सिटिजन्स बैंक र पर्पल हेज रक बारबीच समझदारी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौंस्थित पर्पल हेज रक बार प्रा.लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले पर्पल हेज रक बारमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बै‌ककाे विश्वास छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट…

१५ औँ वार्षिक उत्सवमा इसेवाका १५ अफर

१५ औँ वार्षिक उत्सवमा इसेवाका १५ अफर इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्बजनिक गरेको छ । यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । अफरअन्तर्गत इसेवामार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै इसेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्दा १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा…

ललितपुरमा इन्भेष्टमेण्ट बैंकका २ वटा नयाँ शाखा

ललितपुरमा इन्भेष्टमेण्ट बैंकका २ वटा नयाँ शाखा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । बैंकले ललितपुर महानगरपालिका-१५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका-२५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएकोे हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरे । कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएकोे थियो । बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित…

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति

नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यहरूमा अधिवक्ता सिजन गुरागाईं र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार आचार्य रहेका छन् । नेपालको पुँजीबजारको विकासको अवस्था तथा अन्तर्राष्ट्रिय अभ्याससमेतकाे अध्ययन गरी एकभन्दा बढी संगठित संस्थालाई स्टक एक्सचेञ्जको अनुमति दिनु उपयुक्त हुन्छ कि हुँदैन भन्ने अध्ययन गर्ने कार्यादेश समितिलाई दिइएको छ । समितिलाई ४५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न समय दिइएको हो । नेपाल धितोपत्र बोर्डले गत वर्ष असोजमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स…

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले टिभिएस बाइक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन् । साथै कम ईएमआई सुविधा (रु. ३९९९ बाट सुरु) हुने कम्पनीले जनाएको छ । यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमतीबाहेक अन्य स्थानमा लागू हुने छ । यस योजनासंगै कम्पनीले मात्र रु. ३९९९ बाट सुरु…

शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश

शेयरधनीलाई शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश शिवम् सिमेन्ट्स लिमिटेडको हालै सम्पन्न आठौं वार्षिक साधारण सभाले आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आ.व. २०७९।०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम वापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभाँस सहित आफ्ना शेयरवालाहरुलाई कूल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको कम्पनीले जनाएको छ…

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग नेपालको स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स लगायतका ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ। हालै चिकित्सा शिक्षा आयोगले गरेको अध्ययनले नेपालको जनसंख्याको अनुपातमा हाल ५६ हजार ५० जना चिकित्सक नर्ससहितका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको कमी देखाएको हो। नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कमी रहेको देखाएको हो। आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार आयोग स्थापना भएपछि पहिलोपटक नेपालमा विशिष्टीकृत अस्पतालदेखि आधारभूत र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको र…