डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा २५ करोड अपचलन
डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा २५ करोड अपचलन रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड रुपैयाँ हिनामिना र २५ करोड अपचलन भएको पुष्टि भएको छ । लेखापरीक्षण प्रतिवेदनअनुसार करिब ८० करोड रुपैयाँ अध्यक्ष र सचिवद्वारा आफूखुसी चलाएर नीतिगत अपचलन भएको देखिएको छ । सहकारीमा व्यापक अनियमितता भएको आशंकापछि छानबिनका लागि एक महिनाअघि सात जना स्वतन्त्र लेखापरीक्षक खटिएका थिए । उनीहरूले बुधबार अन्तिम प्रतिवेदन तयार गरी कार्यसमितिमा बुझाएका छन् । कार्यसमितिले सो प्रतिवेदन लुम्बिनी प्रदेश सहकारी रजिष्टार कार्यालयमा पठाइसकेको छ । अब कार्यालयले प्रतिवेदनको अध्ययन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ । असार १७ गते सहकारीमा समस्या आएपछि अध्यक्ष र सचिव…