अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै दाहालले पछिल्लाे समय अर्थतन्त्र ठीक बाटोमा अगाडि बढेको दाबी गरेका हुन् । प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने ढाँचा नै बदल्ने पनि उाले बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोडभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उनले जानकारी गराए । दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए । रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…

क्यान इन्फोटेक २०२४ माघ २३ देखि

क्यान इन्फोटेक २०२४ माघ २३ देखि क्यान इन्फोटेक २०२४ माघ २५ देखि काठमाडौंमा सञ्चालन हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बिहीबार बिहीवार पत्रकार सम्मेलन गरी मेलाकाे तयारी अन्तिम चरणमा पुगेको जनाएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले क्यान महासंघको आयोजनामा मेला गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ बाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताए । उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत…

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुमा फोरजी सेवामा थप सुधार गरेको छ । यससँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले सुधारिएको फोरजी सेवा पाएको कम्पनीले जनाएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । हाल सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहामा फोरजी सेवा सुधार गरिएको छ । त्यसैगरी लुम्बिनीका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरिएको छ…

लालपूर्जा दिन चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा

लालपूर्जा दिन चार हजार घुस लिने अमिनविरुद्ध मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार हजार रुपैयाँ घुस लिने अमिन गोविन्द ढकालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । नापी कार्यालय पश्चिम नवलपरासीमा अमिन पदमा कार्यरत गोविन्द ढकालले जग्गा नाँपजाँच गरी लालपुर्जा दिन सेवाग्राहीसँग चार हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि उनीविरुद्ध मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ । आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले अमिन ढकाललाई घुस रकमसहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।

कर प्रणाली सुधार्न मोरङ व्यापार संघकाे सुझाव

कर प्रणाली सुधार्न मोरङ व्यापार संघकाे सुझाव काठमाडौँ । मोरङ व्यापार संघले कर प्रणाली सुधारका लागि विभिन्न सुझाव पेस गरेको छ । कर प्रणाली सुधारका लागि सरकाद्वारा गठित उच्चस्तरीय सुझाव समितिद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममार्फत संघले सुझाव बुझाएको हो । संगठनका अध्यक्ष नवीन रिजालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुझाएको सुझावमा सीमा नाकाबाट हुने विशेषगरी विभिन्न १७ वटा दैनिक उपभोग्य सामग्रीहरूको मूल्याङ्कन तथा भन्सार महसुल दर घटाउनुपर्ने उल्लेख छ । साथै, देश भरीका जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरूबाट सङ्कलित निजी क्षेत्रका उद्योग/व्यवसाय प्रतिष्ठानहरूको हकहित सम्बन्धी सुझाव समेत संघले दिएको छ । यसबाहेक, मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योग/व्यवसाय प्रतिष्ठानहरूका राजस्व सम्बन्धी विभिन्न सुझावहरू संकलन गरी आयोग…

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग

५६ हजार ५० स्वास्थ्यकर्मी अपुग नेपालको स्वास्थ्य सेवातर्फ डाक्टर र नर्स लगायतका ५६ हजार ५० स्वास्थ्यकर्मी अपुग रहेको पाइएको छ। हालै चिकित्सा शिक्षा आयोगले गरेको अध्ययनले नेपालको जनसंख्याको अनुपातमा हाल ५६ हजार ५० जना चिकित्सक नर्ससहितका विभिन्न क्षेत्रका स्वास्थ्यकर्मीको कमी देखाएको हो। नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने सरकारी संस्था चिकित्सा शिक्षा आयोगले ‘नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपण (२०७९-२०८७)’ नाम दिई गरेको अध्ययनले नेपालको सरकारी निजी तथा सामुदायिक विभिन्न तहमा डाक्टर नर्ससहितका ५६ हजार ५० स्वास्थ्यकर्मी कमी रहेको देखाएको हो। आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीका अनुसार आयोग स्थापना भएपछि पहिलोपटक नेपालमा विशिष्टीकृत अस्पतालदेखि आधारभूत र निजी अस्पतालसम्म आवश्यक जनशक्तिको अध्ययन गरेको र…