नेप्से परिसूचक बढ्याे तर कारोबारमा गिरावट
नेप्से परिसूचक बढ्याे तर कारोबारमा गिरावट नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.१९ वृद्धि भएको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सो बराबरले बढेर २६३१.४८ विन्दुमा पुगेर बन्द भएको हो। परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने घटेको छ । आज दिनभर २४८ कम्पनीका ३१८ स्क्रिपकोको १ करोड ४१ लाख कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब ३८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका कम्पनीहरूमध्ये १४५ वटाको सेयर मूल्य बढेको छ भने १०३ वटाको घटेको छ। कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन। समग्र रूपमा बढेको बजारमा आज चार वटा समूहका परिसूचक नकारात्मक देखिएका…