मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेकाे छैन : नेपाल
मैले एक रूपैयाँ पनि भ्रष्टाचार गरेकाे छैन : नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । अख्तियारमा मुद्दा परेपछि रौतहटमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको बताए । उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु । त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ । मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यसको प्रमाण पेस गरियोस् ।’ अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा…