सुन ताेलामा साढे ४ हजार सस्तियाे
सुन ताेलामा साढे ४ हजार सस्तियाे सुनको मूल्य बिहीबार सस्तिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ४ हजार ६०० रुपैयाँ घटेको हो । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार तोलामा १ लाख ८८ हजार १०० रुपैयाँमा काराेबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।