गार्डियन लाइफको आईपीओमा एकैदिन साढे ४ लाख जनाको आवेदन

गार्डियन लाइफको आईपीओमा एकैदिन साढे ४ लाख जनाको आवेदन आइतबारदेखि खुलेको गार्डियन लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा एकैदिन साढे ४ लाख जनाको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन ४ लाख ४८ हजार ५६९ जना आवेदकहरूले ६३ करोड ३० लाख ८० हजार कित्ताका लागि आवेदन दिएका हुन् । इन्स्योरेन्सले सर्वसाधारणका लागि अंकित मूल्य १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको हो । ७५ करोड रुपैयाँ पुँजी भएको गार्डियनले उक्त पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न अनुमति…

नबिल बैंक र भिभान्ता होटल बीच समझदारी नबिलका ग्राकलाई फाइदै फाइदा

नबिल बैंक र भिभान्ता होटल बीच समझदारी नबिलका ग्राकलाई फाइदै फाइदा काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा विशेष सुविधामा छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटल बीच भएको दुई पक्षीय समझदारी मा यस्तो व्यवस्था गरिएको हो ।नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका हुन । समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ…

यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण

यामाहा ब्लू स्ट्रिक्सका च्याप्टर लिडरहरूले लिए विशेष रोड मार्शल प्रशिक्षण काठमाडौं, नेपाल, डिसेम्बर २५, २०२४ - ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलता पछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिमको आयोजना गर्‍यो। तालिम यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिकसवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा रहेको छ।नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो। सत्र यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित…

सेयर मार्केट एण्ड फाइनान्स व्यवस्थापनका लागि चार जनाकाे सर्टलिष्ट

सेयर मार्केट एण्ड फाइनान्स व्यवस्थापनका लागि चार जनाकाे सर्टलिष्ट समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन सदस्य पदपूर्तिको लागि चार जनाको नाम सर्टलिस्ट गरिएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको विज्ञापनमा दरखास्त दिएका मध्येबाट उनीहरुलाई सर्टलिस्ट गरिएको हो । यसरी सर्टलिस्टमा पर्नेहरुमा प्रकाश घिमिरे, कुमार तिवारी, रामप्रताप यादव र राजेन्द्र तिमिल्सिना रहेका छन् । सर्टलिस्टमा परेका उनीहरुको अन्तरवार्ताका तथा प्रस्तुतीकरणका लागि पुस २१ देखि २४ गतेसम्मको मिति समेत तोकिएको छ । यसअघि राष्ट्र बैंकले गत मंसिर १२ गते उक्त पदपूर्तिको लागि विज्ञापन खुलाएको थियो ।

नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी

नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी हुन थालेकाे छ । दुई पाङ्ग्रेको समग्र व्यापारमा स्कुटरको हिस्सा करिब ६० प्रतिशत छ । चालु आर्थिक वर्षको पाँच महिनामा होन्डाको विक्रेता पद्म ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ दुई पाङ्ग्रे बजारमा पहिलो नम्बरमा छ । टीभीएसको विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स दोस्रो र बजाजको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेस अहिले तेस्रो नम्बरमा छ । तीन वर्षअघिसम्म बजाज नेपाली बजारमा पहिलो नम्बरमा थियो । बजाजको पल्सर नेपाली बजारमा निकै रुचाइको मोडल हो । दोस्रोमा यामाहा र तेस्रोमा होण्डा थियो । यामाहाको एफजेड र होण्डाको साइन, युनिकर्न जस्ता मोटरसाइकल सर्वाधिक बिक्री…

कैलालीकाे चिसापानीमा जालपादेवी केबलकार शिलान्यास

कैलालीकाे चिसापानीमा जालपादेवी केबलकार शिलान्यास कैलाली जिल्लाको चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शनिबार शिलान्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री डा. राणाले जालपादेवी केबलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । उनले उक्त आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोगका लागि सबैमा अपिल गरिन् । ‘काठमाडौंको चन्द्रागिरिसहित नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरू निर्माण गरिरहेको आईएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु, यहाँहरूको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार…

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु

मोतिहारी–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्न परीक्षण सुरुआत भएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिए। 'पाइपलाइन परीक्षण गर्न तत्कालका लागि विस्तार गरिएको पाइपलाइनबाटै पेट्रोल पाँच हजार पाँच सय केएल र एक हजार केएल मट्टितेल ल्याएका छौँ', प्रमुख आचार्यले भने, 'पाइपलाइनबाट ल्याइएको पेट्रोलियम पदार्थको परीक्षण भइरहेको छ ।'

समानीकरण अनुदान कटौती नगर्न माग

समानीकरण अनुदान कटौती नगर्न माग स्थानीय तहका जनप्रतिनिधिहरूले सरकारसँग समानीकरण अनुदान कटौती नगर्न ध्यानाकर्षण गराएका छन् । अघिल्लो वर्ष बजेटमै अनुदान कटौती गर्न सक्ने प्रावधान ल्याएर सरकारले आर्थिक वर्षको अन्तिम किस्ता कटौती गरेको थियो । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सुरु गर्ने बेलामा नै जनप्रतिनिधिले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ । विगत वर्षझैं समानीकरण अनुदान कटौती नगर्न तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ संशोधन लगायतका विषयमा स्थानीय सरकारका नेतृत्वले बिहीबार ध्यानाकर्षण गराएको महासंघले जनाएको छ । अर्थ मन्त्रीलाई नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघको नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक

क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक, संगीत क्षेत्रमा फ्रेस प्रतिभाको खोजी युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने भएकाे छ । ताजापनको प्रतीक मानिने क्लोजअपले भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो । भ्वाइस अफ नेपाल आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश गायक–गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ । युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन्– 'क्लोजअप सधैं आफ्ना…

‘सहकारी नियमन प्राधिकरण’ गठन गर्न अध्यादेश !

‘सहकारी नियमन प्राधिकरण’ गठन गर्न अध्यादेश ! ‘सहकारी नियमन प्राधिकरण’ गठनले पूर्णता पाउने भएको छ । सरकारले सहकारी ऐनको संशोधन अध्यादेश पारित गर्दै प्राधिकरण गठनको प्रक्रिया अघि बढाएको छ । उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रपतिबाट पारित भएको एक महिना भित्रै प्राधिकरण गठन गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तयारी रहेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । ‘मन्त्रिपरिषद्ले सहकारी ऐन संशोधनको अध्यादेश पारित गरिसकेको छ । उक्त अध्यादेशले प्राधिकरण गठन गर्ने प्रस्ताव गरेको छ’, उनले भने, ‘राष्ट्रपतिबाट उक्त अध्यादेश पारित भएपछि एक महिनाभित्रैमा प्राधिकरण गठन गर्ने मन्त्रालयको तयारी छ ।’ प्रवक्ता भट्टका…