बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु

बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु पहिलाेपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रुपमा स्वीच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरे । नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ । नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बङ्गलादेशसम्म पुगेको छ । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत…

सुनकाे भाउ दिनदिनै घट्दै

सुनकाे भाउ दिनदिनै घट्दै नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको भाउ तोलामै २४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलाको एक लाख ६० हजार रुपैयाँ निर्धारण भएको छ । बुधबार छापावाला सुन तोलाको एक लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । बुधबार प्रतितोला १९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १९ सय५ रुपैयाँ छ ।

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने

भाेलिदेखि कतार एयरले पनि गाैतमबुद्ध विमानस्थलबाट उडान गर्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजले पनि उडान थाल्ने भएको छ। उसले मङ्गलवारबाट उडान थाल्न लागेकाे हो । कतार एयरले अहिले कतार–काठमाडौं दैनिक ३ वटा उडान गरिरहेको छ । मङ्गलवारबाट भने दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । यो सँगै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमान कम्पनी ५ वटा पुगेका छन् । यसअघि नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाई एयर एशियाले उडान थालिसकेका छन्। नोभेम्बर १२ देखि ३० सम्म १९ वटा उडान गर्ने गरी अनुमति प्रदान गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कतार एयरवेजले हप्ताका सातै दिन दोहा–भैरहवा–काठमाडौं उडान गर्ने प्राधिकरणका सहप्रवक्ता…

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकलाई बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक बिजयी भएको हो । ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको एनएमबि बैकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । २९ टिमबिच भएको तिनदिने प्रतियोगिताको अन्तिमदिन आज १६ टिमबिच क्वाटर, सेमी र फाईनल खेल भएको थियो । यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल…

गौतमबुद्ध बाट थप अन्तर्राष्ट्रिय उडान सुचारु

गौतमबुद्ध बाट थप अन्तर्राष्ट्रिय उडान सुचारु शेखर बस्नेत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा बाट अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । सोही क्रममा केही अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएपछि यो विमानस्थलमा नेपाल वायुसेवा निगम,जजिरा एयर र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान भर्न लागेका हुन् । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका भनाइ अनुसार विमानस्थलबाट अहिलेसम्म तीनवटा अन्तर्राष्ट्रिय उडान हुन लागेका छन् । यसले विमानस्थल आगामी दिनमा व्यावसायिक उडानहरु बढ्नेछन् र यात्रुहरुको आकर्षण पनि बढ्ने तिवारीले बताउनु भयो । नेपाल एयरलाइन्स र जजिरा एयरले उडान गर्दै आएका थी भने फ्लाई दुबईले पहिलोपटक गौतमबुद्ध विमानस्थलमा बाट उडान भर्न लागेको छ । अब भने…

जीबी राई पक्राउ नपर्नुमा सरकारकै हात : सहकारी पीडित

जीबी राई पक्राउ नपर्नुमा सरकारकै हात : सहकारी पीडित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारीको रकम अपचलनका मुख्य योजनकार जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकार नै जीबी राईलाई बचाउन लागेको आरोप लगाएका हुन् । समितिका अध्यक्ष किरण श्रेष्ठले जीबी राईलाई ल्याउँदा अरु नेता पनि जोडिने डरले सबै दलले संरक्षण गरेको आरोप लगाए । ‘जीबी राईलाई नेपाल ल्याउँदा रास्वपाको अर्को नेता जोडिने र कांग्रेस, एमालेका ठूला नेता पनि जोडिने देखिएकाले यिनीहरु सबै मिलेर जीबी राईलाई संरक्षण गरेको हो कि जस्तो…

लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई थुनामा राख्न अदालतले पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिए पनि तिहार…

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न

चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ र प्राकृतिक विपद्का कारण तोकिएको समयमा निर्माण हुन नसेकेको २२० केभी क्षमताको प्रसारण लाइनको काम यही कात्तिक १७ गते सम्पन्न भएको हो । नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थसम्मको प्रसारण लाइन निर्माण गरेको हो । त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । उक्त प्रसारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेँसीदेखि राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर छ । प्राधिकरणको हाइ भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन निर्माणको…

शर्त सहित थाई एयर एसियाको उडान फुकुवा

काठमाण्डौ । काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ । केही दिन पहिले आउदै गर्दा आकाश मा नै उडान अबधि सकीएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो । अब भने केही शर्त सहित उडान भर्न पाउने भएको छ । थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा चार र काठमाडौंमा तीन उडान गर्ने प्रतिवद्धता जनाएको थियो । सोही अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए…

डेडिकेटेड र ट्रङ्क लाइनकाे महसुल २८ किस्तामा तिर्न सकिने

डेडिकेटेड र ट्रङ्क लाइनकाे महसुल ५६ किस्तामा तिर्न सकिने नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल उठाउने सम्बन्धमा थप केही लचिलो निर्णय गरेको छ । यसअघि प्राधिकरणले २८ किस्तामा महसुल तिर्न सकिने बताउँदै आएकोमा बुधबारको बैठकले त्यसलाई बढाएर ५६ किस्तामा तिर्न सकिने व्यवस्था गरिएको स्रोत बताउँछ । महसुल सङ्कलन नियमावलीमा केही संशोधन गरेर उक्त व्यवस्था गरिएको हो । यसैबीच विद्युत् नियमन आयोगले पनि डेडिकेटेड र ट्रङ्क लाइनसम्बन्धी महसुल उठाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगकी सचिव मनदेवी श्रेष्ठले बुधबार प्राधिकरणलाई पत्राचार गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता उठाउन भनेकी छन्…