स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा

स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । सोमबार कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बोर्डका कार्यकारी निर्देशकमा उनी नियुक्त भएका थिए ।

कामना सेवा विकास बैंककाे नाफा ३९ करोड ४५ लाख

कामना सेवा विकास बैंककाे नाफा ३९ करोड ४५ लाख चालू आर्थिक वर्षको पुस मसान्तसम्म कामना सेवा विकास बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो । त्यसबेला बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशत, सञ्चालन आम्दानी १०.८२ प्रतिशत र सञ्चालन मुनाफा २०.९१ प्रतिशत बढेको छ । बैंकको निष्क्रिय कर्जा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा…

एग्रीटेक एक्स्पोमा ३१ हजार बढीले गरे अवलोकन

एग्रीटेक एक्स्पोमा ३१ हजार बढीले गरे अवलोकन चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो । मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीनदिनमा ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिएका छन् । उनले भने, ‘एक्स्पो छोटो भएपनि अवलोकनकर्ताको रुचि धेरै पायौं । उहांँहरुले प्रविधि र प्रडक्टको बारे बुझ्ने, जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, सबै प्रर्दशकहरु पनि खुशी हुनुहुन्छ…

सुनकाे मूल्य हालसम्मकै उच्च : ताेलाकै २ लाख ८२ हजार पुग्याे

सुनकाे मूल्य हालसम्मकै उच्च : ताेलाकै २ लाख ८२ हजार पुग्याे सुनकाे मूल्य हालसम्मकै उच्च : ताेलाकै २ लाख ८२ हजार पुग्याे नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सोमबार सुनको मूल्य तोलामा ४ हजार २ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ । आइतबार २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँ बढेर…

४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ?

४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो ? नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो । यस्तै, चाँदीको मूल्य पनि तोलामा २०५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य तोलाको ४ हजार ९ सय ९० रुपैयाँ कायम थियो ।

ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत

ट्राफिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा हिजो दोस्रो दिन व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। सो अभियानबाट १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई लक्षित गर्दै सुरक्षित जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोग गराउँदै सचेतना फैलाएको हो। यस क्रममा ५ हजार ३ सय १ जना यात्रु र पैदलयात्रीलाई सुरक्षित बाटो काट्ने अभ्यास गराइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यक्रममा ३ सय १९ जना चालकको एकदिने आँखा स्वास्थ्य परीक्षण, २ सय ११ जना चालक–परिचालकसँग चियापानमार्फत अन्तरक्रिया, ४२…

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।…

काठमाडौं विश्वविद्यालयमा ‘एआई कन्क्लेभ–२०२६’ सुरु

काठमाडौं विश्वविद्यालयमा ‘एआई कन्क्लेभ–२०२६’ सुरु काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स र एआई क्लब (केयूएआइसी) को आयोजनामा सञ्चालन भएको हो। क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सम्मेलनले एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, उद्योग, शासन र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ। ‘ब्रिजिङ इन्टेलिजेन्स एन्ड इनोभेसन’ नारासहित आयोजना गरिएको तीनदिने सम्मेलनमा विद्यार्थी, अनुसन्धानकर्ता, उद्योग, स्टार्टअप, नीति–निर्माता र सर्वसाधारणलाई एउटै प्लेटफर्ममा जोडिनेछ। सम्मेलन तीन चरणमा सञ्चालन हुनेछ । पहिलो चरण ‘एआई क्यानभास’ अन्तर्गत एआई फाउन्डेसन, बुटक्याम्प, वेबिनारलगायतका आधारभूत सिकाइ कार्यक्रम समावेश छन्। दोस्रो…

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्रविक्रम बानियाँ निर्वाचित

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्रविक्रम बानियाँ निर्वाचित नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्। निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मतमा सीमित रहे। महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा किसान गुरुङ र विद्यापति उपाध्याय घिमिरे क्रमशः १ सय ६४ र १ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन्। महासचिव पदमा बद्रीप्रसाद…

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ । यसमध्ये प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ८५ हजार कित्ता साधारण शेयर (११ करोड ८५ लाख रुपैयाँ बराबर) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको छ ।…