मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक
मधेश सरकारले ल्याएको बजेटको दुईथरी रेडबुक मधेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको दुईथरी रेडबुक भेटिएको छ । आजको प्रदेशसभा बैठकमा जसपा नेपालका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले रेडबुक नै दुई खालको बनाइएको र लगभग ८ हजार योजना लुकाएको दाबीसहित दुवै रातो किताब देखाए । बजेट ल्याएको १० दिनपछि सांसदहरूलाई सदनमा रेडबुक बाँडिएको थियो, जुन रेडबुक ४६१ पेजको छ । तर, वास्तविक ७५५ पेजको रेडबुक देखाउँदै यादवले २९४ पेजका करिब ८ हजार योजना लुकाइएको जिकिर गरे । उनले बजेटमा बिचौलिया हावी भएको र त्यसलाई सुधार्न भएको सहमतिअनुसार कार्यदल गठन भएपनि वास्तविक रेडबुक लुकाएकोले अब कार्यदललाई पनि…