सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य
सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित व्यवसाय, स्थानीय आविष्कार र कम कार्बन उत्सर्जन मार्फत सन् २०३० सम्म ५ लाख हरित रोजगारी सिर्जना गर्ने राष्ट्रिय लक्ष्य रहेको बताएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा सोमबार काठमाडौंमा आयोजित ‘उत्थानशीलका लागि परामर्श : जैविक अर्थतन्त्र र चक्रीय अर्थतन्त्रमा भुटान नेपाल संवाद कार्यशाला’ उद्घाटन गर्दै उपाध्यक्ष अधिकारीले योजना आयोगका नीति र साझेदारीले वास्तविक परिणाम सुनिश्चित गर्न धेरै महत्त्व राख्ने भएकाले यस कार्यमा आयोग कटिबद्ध रहेको जानकारी दिए । उनले नेपाल र सम्पूर्ण हिन्दुकुश हिमाली क्षेत्रका…