नोभेम्बरमा भित्रिए एक लाखभन्दा बढी पर्यटक

नोभेम्बरमा भित्रिए एक लाखभन्दा बढी पर्यटक सन् २०२४ को नोभेम्बर महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार यस महिनामा एक लाख १४ हजार ५०१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो सङ्ख्या तीन वर्षयताकै सर्वाधिक हो । २०२३ को यस महिना एक लाख ८ हजार ६३० जना विदेशी पाहुना आएका थिए भने २०२२ मा ७२ हजार ६५३ जना आएका थिए । सन् २०२१ को नोभेम्बर महिनामा २६ हजार १३५ जना मात्रै पर्यटकले नेपाल भ्रमण गरेका थिए । नोभेम्बरमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १९ हजार ९१५ जना पर्यटक नेपाल भित्रिएका…

सेयर बजारमा अन्याेल कायमै

सेयर बजारमा अन्याेल कायमै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै सेयर बजारका लगानीकर्तामा अन्यौल देखिएको छ । समीक्षामा कुनै पनि परिवर्तन नभएसँगै बजारको अबको दिशाबारे अन्यौलता देखिएको हो । यसले बजारको आगामी यात्रा अनिश्चित बनाएको छ । अहिले शेयर बजार २ हजार ७५० को हाराहारीमा छ । पछिल्लो दुई साता अघिको अवस्था हेर्ने हो भने यो बराबर जस्तै हो । पहिलो साता झन्डै ८० अङ्क घटेको बजार यो साता लगभग त्यति नै अङ्कले बढेर दुई साताअघिकै लेभलमा पुगेको छ । २०७८ भदौमा बजारले ३२ सय विन्दुको रेकर्ड बनाएको थियो । त्यसयता बजारले एकपटक ३ हजारको हाराहारीसम्म पुग्नुबाहेक…

नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि

नामीको प्रारम्भिक मूल्य समायोजन, न्यूनतम पच्चीस हजारदेखि मूल्य वृद्धि बिग ह्याच र फाइभ-स्टार लक्जरी भएको नामी गाडीले नेपालबाट राइट ह्यान्ड ड्राइभको अन्तर्राष्ट्रिय शुभारम्भ गरेको छ । यस अवसरमा कम्पनीले सीमित अवधिका लागि विशेष परिचयात्मक मूल्य पनि प्रस्ताव गरेकोछ । नेपालमा शुभारम्भपछि हङकङ, सिंगापुर र मलेसियामा पनि अनावरणहरू गरिएको थियो ।यो सीमित समयका लागि प्रस्तावित मूल्य यस महिनाको अन्त्यमा समाप्त हुने र यसपछि सामान्य मूल्यहरू नै कायम रहने कम्पनीका प्रवक्ताले बताएका छन् । यो मूल्य वृद्धि विभिन्न मोडेल अनुसार भिन्न हुनेछन् । प्रस्तावित मूल्यमा नामी ई१: ने.रू. ३०,२४,००० (ने.रू. २५,००० को वृद्धि), नामी ई२: ने.रू. ३२,४९,००० (ने.रू. ५०,००० को वृद्धि), नामी…

मंसिर १८ देखि गढीमाईमा कृषि एक्स्पाे

मंसिर १८ देखि गढीमाईमा कृषि एक्स्पाे बाराको गढीमाईमा हुने मेलालाई ध्यानमा राखेर कनेक्ट किसानले यही मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ गर्ने भएको छ । ५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुने भक्तजन र तराई क्षेत्रका कृषकहरुलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ । मेलामा किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ताहरूको जमघट हुने मेला संयोजक सञ्चिता लामिछानेले जानकारी दिइन् । उनले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १५० भन्दा बढी स्टल…

‘राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ’

'राेकिएकाे आईपिओ निष्कासन अब खुल्छ' नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । बोर्डको कार्यालयमा बुधवार कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका धेरै काम भएको भन्दै त्यसमा सरकारको नीति निर्देशनबमोजिम अघि बढ्ने बताए। उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे । उनले धितोपत्र बोर्डमा लामाे समयसम्म अध्यक्ष नहुँदा राेकिएका काम अब अघि बढ्ने बताए । उनले भने, ‘आइपीओ निष्कासनको विषयमा साथीहरुसँग वस्तुस्थिति बुझ्छु । आईपीओ जारी गर्न अनुमति दिने नियमित काम हो । प्रक्रियाबाट अगाडि बढ्छ । स्थायी नेतृत्व नहुँदा आईपीओ रोएिको…

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ

धिताेपत्र बाेर्डका अध्यक्षले लिए शपथ नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गरेका छन् । अध्यक्ष श्रेष्ठले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार श्रेष्ठलाई सेबोनको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो । करिब एक वर्षदेखि नेतृत्वविहीन सेबोनले सोमबार नयाँ अध्यक्ष पाएको हो ।

१६ अंकले नेप्से बढ्दा सवा ६ अर्बकाे काराेबार

१६ अंकले नेप्से बढ्दा सवा ६ अर्बकाे काराेबार साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १५.८३ अंकले बढेर दुई हजार ६ सय ८३ दशमलव २४ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १६९ कम्पनीको शेयरमूल्य बढ्दा ६७ को घट्यो भने ९ कम्पनीको स्थिर रहेको छ । पाँच कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ । बेष्ट फाइनान्स कम्पनी, सुपर मादी हाइड्रोपावर, कर्णाली डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सप्तकोशी डेभलपमेन्ट बैंक…

किन घट्याे सुनकाे भाउ ताेलामै १६ हजार ?

किन घट्याे सुनकाे भाउ ताेलामै १६ हजार ? सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको हाे । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो । किन घट्याे त ह्वात्तै सुनकाे भाउ ? महासंघ अध्यक्ष अर्जुन रसाइली भन्छन्, 'सरकारले भन्सार दर घटाएका कारणले ।' ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ रसाइलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हो…

ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट

ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टल अस्पतालमा छुट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् । साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई) समेत प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरुले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लस मार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा शतप्रतिशत छुट पाउनेछन् । यसका साथै बैंकका ग्राहकहरुले…

पहिलाे चाैमासिकमा पौने ६ खर्बकाे वैदेशिक व्यापार

पहिलाे चाैमासिकमा पौने ६ खर्बकाे वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक साउन–कात्तिकमा ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ०.१७ प्रतिशत धेरै हो । अघिल्लो आव कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड बराबरकाे वस्तु आयात भएको थियो । पहिलो चार महिनामा ५२ अर्ब ६७ करोड बराबर वस्तु निर्यात भएको छ । यो अघिल्लो आव यसै अवधिको तुलनामा ४.१६ प्रतिशत धेरै हो । उक्त आवमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो । कात्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब…