राजविराज विमानस्थलबाट रात्रिकालीन उडान
राजविराज विमानस्थलबाट रात्रिकालीन उडान राजविराज विमानस्थलबाट रात्रिकालीन विमान सेवा सञ्चालनका लागि परीक्षण उडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार एक कार्यक्रमबीच परीक्षण उडान सुरुवात गरेका हुन् । राजविराजबाट काठमाडौं रात्रिकालीन विमान सेवा सञ्चालनबाट पर्यटनको विकास हुनुका साथै अर्थतन्त्र पनि बलियो हुने मन्त्री पाण्डेको भनाइ छ । भविष्यमा राजविराज–पोखरा विमान सञ्चालन गर्ने उद्देश्यका साथ काम भइरहेको उनले बताए । ‘राजविराजवाट पोखरा विमान संचालनमा आए यसले पर्यटन विकासका साथै अर्थतन्त्रमा पनि टेवा पुग्नेछ,’ उनले भने ।