क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक

क्लोजअप बन्यो भ्वाइस अफ नेपालको मुख्य प्रायोजक, संगीत क्षेत्रमा फ्रेस प्रतिभाको खोजी युनिलिभर नेपालको लोकप्रिय ब्राण्ड क्लोजअपले भ्वाइस अफ नेपालको नयाँ सिजन प्रायोजन गर्ने भएकाे छ । ताजापनको प्रतीक मानिने क्लोजअपले भ्वाइस अफ नेपालसँग सहकार्य गर्दै नयाँ प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदान गर्न लागेको हो । भ्वाइस अफ नेपाल आफ्नो सुरुवात कालनै नयाँ र फ्रेश गायक–गायिकाहरुको प्रतिभा उजागर गर्दै उनीहरुलाई नेपाली संगीत क्षेत्रमा स्थापित गराउने उद्देश्यले अग्रसर हुँदै आएको छ । क्लोजअप र भ्वाइस अफ नेपालको यो सहकार्यले प्रतियोगीहरुमा समेत थप आत्मविश्वास, ऊर्जा र ताजापन भर्ने विश्वास गरिएको छ । युनिलिभर नेपालका मार्केटिङ हेड सौरभ कारञ्जीत भन्छन्– 'क्लोजअप सधैं आफ्ना…

‘सहकारी नियमन प्राधिकरण’ गठन गर्न अध्यादेश !

‘सहकारी नियमन प्राधिकरण’ गठन गर्न अध्यादेश ! ‘सहकारी नियमन प्राधिकरण’ गठनले पूर्णता पाउने भएको छ । सरकारले सहकारी ऐनको संशोधन अध्यादेश पारित गर्दै प्राधिकरण गठनको प्रक्रिया अघि बढाएको छ । उक्त अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रपतिबाट पारित भएको एक महिना भित्रै प्राधिकरण गठन गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तयारी रहेको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए । ‘मन्त्रिपरिषद्ले सहकारी ऐन संशोधनको अध्यादेश पारित गरिसकेको छ । उक्त अध्यादेशले प्राधिकरण गठन गर्ने प्रस्ताव गरेको छ’, उनले भने, ‘राष्ट्रपतिबाट उक्त अध्यादेश पारित भएपछि एक महिनाभित्रैमा प्राधिकरण गठन गर्ने मन्त्रालयको तयारी छ ।’ प्रवक्ता भट्टका…

भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह

भ्रामक समाचारको पछि नलाग्न इसेवाको आग्रह पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा केहि समाचार पोर्टलहरूमाइसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम सुरक्षित नभएको जस्ता भ्रामक रआधारहीन समाचारहरू प्रकाशित भएका छ । यस्ता भ्रामक समाचारको पछि नलाग्नआफ्ना ग्राहक तथा प्रयोगकर्तालाई इसेवाले अनुरोध गरेको छ । केही अनलाइनसमाचार पोर्टलहरू इसेवाको सिस्टम ह्याक भई रकम चोरी भएको भनीप्रकाशित खबरहरुले इसेवा प्रयोगकर्ताहरुमा अनावश्यक त्रास र भ्रम सिर्जनाभएकोमा इसेवाको गम्भीर आपत्ती रहेको छ ।इसेवाको १६ वर्षको इतिहासमा इसेवाले आफ्नो सिस्टम प्रणालीलाईलिएर कुनै कमी नराखेको समेत आफ्ना ग्राहक बर्गलाई जानकारी गरेको छ । आम जनतालाई यस्ता भ्रामक समाचारहरूको विश्वास नगरी सत्य तथ्यमा विश्वासगर्न इसेवा आग्रह गर्दछ ।…

विद्युत् वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी !

विद्युत् वितरण प्रणाली सुधारमा ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी ! देशभित्रको विद्युत् आपूर्ति भरपर्दो तथा गुणस्तरीय बनाउन र छिमेकी देशसँगको विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवम् आधुनिकीकरण गर्न करिब ७२ अर्ब ९३ लाख रुपैयाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी जुटेको छ । विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एसियाली विकास बैंक (एडिबी)ले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपैयाँ) सहुलितपूर्ण ऋण र ३ करोड डलर (४ अर्ब ७ करोड रुपैयाँ) अनुदान उपलब्ध गराउने छ । युरोपेली युनियनले २ करोड २६ लाख डलर ९३ अर्ब ६ करोड रुपैयाँ) र…

रवि लामिछाने सांसद पदबाट निलम्बित

रवि लामिछाने सांसद पदबाट निलम्बित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सांसदबाट निलम्बन गरिएको छ । प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै ‘मुद्दाको किनारा नभएसम्म निलम्बन भएको मानिने’ कानूनी व्यवस्था अवगत गराएका छन् । लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् । प्रहरीले उनीविरुद्ध हिजो सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ । संसद सचिवालयको सूचनामा रविलाई निलम्बन गर्न सम्पत्ति सुद्धीकरण ऐनलाई आधार लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सभामुखलाई पत्र आएको र सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार मुद्दाको किनारा नभएसम्म निलम्बनमा रहने सूचनामा इङ्गित गरिएको…

पाँच महिनामा २० अर्ब ६६ करोड विदेशी लगानी प्रतिबद्धता

पाँच महिनामा २० अर्ब ६६ करोड विदेशी लगानी प्रतिबद्धता चालु आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म २० अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म अटोमेटिक रुटबाट २ अर्ब १३ करोड रुपैयाँ लगानीका लागि प्रतिबद्धता आएको छ । अप्रुभल रुटबाट १८ अर्ब ६४ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता आएको छ । गत आवको मंसिरसम्म २० अर्ब ६१ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । मंसिरसम्म ३ सय १९ उद्योग दर्ता भएका छन् । यसमध्ये अटोमेटिक रुटबाट १३८ र अप्रुभल रुटबाट १८१ उद्योग दर्ता भएको विभागले जनाएको छ । दर्ता भएकामध्ये ३१२ साना…

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध

नेपाल बैंकर्स संघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध वाणिज्य बैंकहरूको संस्था नेपाल बैंकर्ससंघको अध्यक्षमा सन्तोष कोइराला निर्विरोध भएका छन् । अध्यक्ष कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।संघको नयाँ कार्य समितिका लागि उम्मेदवार दिने म्याद सोमबार सम्म थियो ।अध्यक्षमा कोइरालाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्ष भएका हुन् । प्रभु बैंकका सीईओ अशोक शेरचनले अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । शेरचनको उम्मेदवारी फिर्ता सँगै कोइराला संघको अध्यक्षमा सर्वसम्मत चयन भए। संघको उपाध्यक्षमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीको मात्रै उम्मेदवारी परेको छ । उनी पनि सर्वसम्मत रूपमा उपाध्यक्ष चयन भएका छन् ।संघमा…

नेपाल टेलिकमले गर्यो जनहितका लागि सुचना

नेपाल टेलिकमले गर्यो जनहितका लागि सुचना नेपाल टेलिकमको नाम र लोगोसहित 'नेपाल टेलिकम - क्रिसमस गिफ्ट' नाम दिएर पुरस्कार दिने दाबी गर्दै सामाजिक सञ्जालमा स्पाम लिङ्क फैलिरहेको पाइएको छ ।यस्ता लिङ्कहरूमा भाइरस हुने सम्भावना धेरै हुन्छ । यदि लिङ्कमा क्लिक गरियो भने ह्याकरले तपाईँको पासवर्ड लगायतका संवेदनशील विवरणहरू चोरी गर्न सक्छन् । यसबाट बच्न उक्त शङ्कास्पद लिङ्कमा क्लिक नगर्नुहोस् र साथीहरुलाई पनि नपठाउनुस ।नेपाल टेलिकमले सुचना जारी गरेको छ ।

‘निजी लगानीलाई सरकारले प्रोत्साहन गरिरहेको छ’

'निजी लगानीलाई सरकारले प्रोत्साहन गरिरहेको छ' उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई सरकारले प्रोत्साहन गरिरहेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्दै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पुँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पुँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताएका हुन् । सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गरे । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका देशबिच सहकार्य गर्न…

शेयर बजारमा ५ अंकको गिरावट

शेयर बजारमा ५ अंकको गिरावट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ५.६० अंकले घटेर २ हजार ६ सय २८ दशमलव २६ विन्दुमा बन्द भएको हो । नेप्सेका अनुसार आज ४ अर्ब २७ करोड बराबरको कारोबार भएको छ । आजको कारोबारमा ८१ कम्पनीको शेयरमूल्य बढ्दा १४९ को घट्यो । १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ । कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९०…