घरजग्गा कर्जा अब आम्दानीकाे ७० प्रतिशतसम्म पाइने
घरजग्गा कर्जा अब आम्दानीकाे ७० प्रतिशतसम्म पाइने नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुस्त बनेको घरजग्गा कारोबारलाई गति दिन मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत कर्जाको सीमा बढाएको छ । अबदेखि आम्दानीको ७० प्रतिशतसम्म कर्जा पाइने भएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था थियो । तर सो कर्जा पाउनको लागि कर चुक्ताको प्रमाणपत्र हुनुपर्नेछ । घरजग्गा आवास संघका अध्यक्ष भेषराज लोहनीले केन्द्रीय बैंकले व्यक्तिको हकमा यो सुविधा दिएको तर घरजग्गा कारोबार गर्ने कम्पनीलाई सो राहत नदिएको बताए । घरजग्गा व्यवसायीले आम्दानीको ८० प्रतिशतसम्म ऋण पाउनुपर्ने माग गर्दै आएका थिए ।