नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा
नेपालको मेडिकल शिक्षामा विदेशीको नजर : छोरीलाई डाक्टर बनाउन नेपाल आएका अफ्रिकन बुबा नेपालको मेडिकल शिक्षामा विदेशीको नजर काठमाडौं । दक्षिण अफ्रिकाको जोहनसवर्गका मेरभिन चेट्टी ठमेलको एउटा अपार्टमेन्टमा सपरिवार बस्न थालेको करिब तीन साताभन्दा बढी भयो । अफ्रिकाबाट श्रीमति, दुई छोरा र एक छोरीसहितको सपरिवार यहाँ आउनुको उनको उद्देश्य भ्रमण नभए छोरीलाई एमबीबीएस पढाउनु हो । नेपाल आए लगत्तै उनले छोरी एरिन मोनिका चेट्टीलाई एमबीबीएसको तयारीका लागि भाइब्रेन्ट इन्स्टिच्युटमा भर्ना गरिदिएका छन् । एरिनले पनि तयारी सुरु गरिसकेकी छन् नेपालबाट वर्षेनि ठूलो संख्यामा विद्यार्थीहरु एमबीबीएस पढ्नका लागि छिमेकी मुलुक चीन, भारत र बंगलादेशलगायतका मुलुकमा पुग्छन् । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार नेपालमा एमबीबीएस…