नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री
नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको बताए । बिराटनगर बिमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने बताए । पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पूँजीगत खर्च बढ्ने जिकिर गरे । सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको उनले बताए । उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका…