नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री

नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सुधार आएकाे छ : अर्थमन्त्री उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको बताए । बिराटनगर बिमानस्थलमा शनिबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरु सकारात्मक देखिएकाले अर्थतन्त्र चलायमान हुने बताए । पौडेलले अर्थतन्त्रमा सुधार आउने क्रम बढेकाले चालू आर्थिक वर्षको अन्त्य सम्ममा पूँजीगत खर्च बढ्ने जिकिर गरे । सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको उनले बताए । उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका…

बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा

बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राेशनकुमार न्याैपानेले राजीनामा दिएका छन् । २०७५ मङ्सिरमा सिइओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुन: निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले राजीनामा स्वीकृत गरिनसकेको स्रोतहरूले बताएका छन् । न्यौपाने सीइयाे बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभावी कर्जा प्रवाह गरेपछि बैंकको सूचक…

भन्सार जाँचपास प्रक्रिया सहज बनाउन आग्रह

भन्सार जाँचपास प्रक्रिया सहज बनाउन आग्रह उद्योगी–व्यवसायीले भन्सार जाँचपास प्रक्रिया थप सहज बनाउन सरकारलाई आग्रह गरेका छन् । भन्सार दिवसको पूर्वसन्ध्यामा नेपाल उद्योग वाणिज्य महासंघमा आयोजित ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवस तथा भन्सार जाँचपास एवं व्यापार सहजीकरण अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उद्योगी–व्यवसायीले तयारी वस्तु, कच्चापदार्थ तथा मध्यवर्ती वस्तुलाई स्पष्ट गरी भन्सार दर पुनरावलोकन गर्न सके उत्पादन क्षेत्र वृद्धि भई अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान बढाउन सकिने बताए । अर्थ सचिव डा. रामप्रसाद घिमिरेले सरकारले निजी क्षेत्रको लगानीमा सहजीकरण गर्ने गरी नै नीतिगत सुधार गर्दै आइरहेको बताए । ‘देशको आर्थिक विकासमा निर्यातको ठूलो भूमिका रहन्छ । हामी हाम्रा उद्योगी–व्यवसायीलाई कसरी सहजीकरण गर्न सकिन्छ…

६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत

६ महिनामा काठमाडौं महानगरपालिकाकाे बजेट खर्च १७ प्रतिशत देशकै ठूलो बजेट ल्याउने स्थानीय निकाय काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिना अर्थात् पुस मसान्तसम्म कुल बजेटको एक चौथाइ पनि खर्च गर्न सकेन । महानगर वित्त विभागका अनुसार कुल विनियोजित २४ अर्ब ९० करोड ६३ लाख २५ हजार बजेटमध्ये ४ अर्ब ३७ करोड ८७ लाख ४७ हजारमात्र खर्च भएको छ । यो चालु आवको कुल लक्ष्यको १७.५८ प्रतिशतमात्र हो । आर्थिक विकासतर्फ विनियोजन भएको ७४ करोड ४४ लाख ८३ हजारमध्ये १८ करोड ६५ लाख रुपैयाँ अर्थात् २५ प्रतिशत खर्च गरेको छ । महानगरको आर्थिक विकास शीर्षकतर्फ कृषि, उद्योग,…

१२.५८ अंकले बढ्याे नेप्से

१२.५८ अंकले बढ्याे नेप्से नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक पहिलो कारोबार दिन आइतबार १२.५८ अंकले बढेको छ । हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक, फाइनान्स र अन्य सेक्टर बढेका छन् भने होटल तथा पर्यटन र म्युचुअल फन्ड घटेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले गएको साता बढी जोखिम महसुस गरेर सेयर बिक्री गरेका थिए । आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ । नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड…

पहिलो ६ महिनामा ३१.८ प्रतिशतले बढ्याे निर्यात

पहिलो ६ महिनामा ३१.८ प्रतिशतले बढ्याे निर्यात अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको प्रमुख आर्थिक सूचक सार्वजनकि गरेको छ । जसअनुसार चालु आव पहिलो ६ महिना (साउन–पुस) मा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको छ । गत आव सोही अवधिमा निर्यात ७.२ प्रतिशतले घटेको थियो । यस अवधिमा ९८ अर्ब ७९ करोड रुपैयाँ बराबर वस्तु निर्यात भएको छ । गत आव सोही अवधिमा ७४ अर्ब ९७ करोडको निर्यात भएको थियो । त्यसैगरी ८ खर्ब २२ अर्ब ३७ करोड बराबरका वस्तु आयात भएको छ । यो ७.१ प्रतिशतले बढेको हो । गत आव यही अविधमा ७ खर्ब ६८ अर्ब १७…

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब बाहिरियाे

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब बाहिरियाे नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू. ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार भ्रमण व्यय १२ दशमलव दुई प्रतिशतले वृद्धि भई रू ८५ अर्ब एक करोड पुगेको छ । त्यसमध्ये शिक्षातर्पmको व्यय रू ४७ अर्ब ४१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रू ७५ अर्ब ७३ करोड रहेको थियो । गत मङ्सिर मसान्तसम्म खुद सेवा आय रू ४० अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही…

जलविद्युतमा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीकाे आग्रह

जलविद्युतमा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई प्रधानमन्त्रीकाे आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले जलविद्युत आयोजनामा स्वदेशी लगानी जुटाउन निजी क्षेत्रलाई आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको कार्यक्रममा शुक्रबार बोल्दै ओलीले भने, ‘वैदेशिक लगानी खास नियमभित्र राखेर बोलाउँछौं । जलविद्युतमा नेपाली लगानी नै बढिरहेको छ । हामी आफैं लगानी गर्ने हो भने अप्ठेरोमा परिँदैन । हामी नै लगानी गर्न जुटौं ।’ प्रधानमन्त्री ओलीले जलविद्युत आयोजनाका लागि स्वदेशी लगानी जुटाउन निजी क्षेत्रसँग आग्रह गरे । अहिलेको समय विकास पूर्वाधारबाट अगाडि बढ्नुपर्ने उनले बताए । पेट्राेल आयात कम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले आयातीत फ्युल विस्थापित गर्ने योजनासमेत सुनाए । साथै विकासको…

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएपछि नेपालमा पनि वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ । यससँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ । बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार नेपालको सेयर परिसूचक (नेप्से) बुधबार १.८३ अंकले बढेको छ । अघिल्लो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर २५९४.१३ अंकमा बन्द भएको नेप्से आज २५९५.९६ अंक पुगेको हो । विकास बैंक, होटल र जलविद्युत् क्षेत्रका उपसूचक राम्रै बढे पनि बैंक, फाइनान्स लगायत क्षेत्र घटेपछि समग्रमा नेप्से सिमान्त रूपमा मात्रै सकारात्मक बनेको हो । बुधबार सेयर बजारमा ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको छ । यो सोमबारको कारोबार रकमको तुलनामा कम हो । सोमबार ६ अर्ब ६५ करोडको कारोबार भएको थियो । आज सबैभन्दा धेरै जलविद्युत् उपसमूह १.७६ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन क्षेत्र १.६३…