जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने

जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने अब जलविद्युत कम्पनीले उत्पादन शुरु गरेपछि मात्रै आईपीओ ल्याउन पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) यस्तो व्यवस्था गर्न लागेको हो । आर्थिक वर्ष २०८२/८३ का लागि सेबोनको धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रममा भनिएको छ, ‘जलविद्युत क्षेत्रका कम्पनीहरूको उत्पादन शुरु गरेपछि मात्र प्राथमिक शेयर निष्काशन गर्न सक्ने व्यवस्था गर्ने ।’ आईपीओको निष्काशन अनुमतिको विषयलाई लिएर सेबोन र ऊर्जा उत्पादकहरूबिच लामो समयदेखि रस्साकस्सी चलिरहेको छ । आईपीओ निष्काशन गर्न नपाउँदा आयोजनाको काम प्रभावित भएको उनीहरूको बताउँदै आएका छन् । त्यस्तै, सेबोनले धितोपत्र कारोबारको लागि धितोपत्र व्यवसायी…

हिमालयन बैंककाे एफपिओ बिक्रीमा

हिमालयन बैंककाे एफपिओ बिक्रीमा हिमालयन बैंक लिमिटेडले थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्रीमा ल्याएको छ । बैंकले बुधवारदेखि एफपीओ निष्काशन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था रहेको छ । जसका लागि बैंकले एफपीओ जारी गरेको हो । सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासनमा ल्याएको छ । बैंकको एफपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँको रहेको छ । हाल बैंकको…

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधवार हरियाली छाएको छ । बुधवार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २ हजार ७ सय ९४ दशमलव ७८ विन्दुमा बन्द भएको हो । त्यस्तै, कारोबार रकममा पनि उछाल आएको छ । बुधवार १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा १९३ कम्पनीको शेयरमूल्य बढ्दा ५५ वटाको घटेको छ । आज दुई कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा केबीएल डिभेञ्चर र थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । माइखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । यस कम्पनीको…

नेप्सेमा सामान्य सुधार

नेप्सेमा सामान्य सुधार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले बढेर दुई हजार ६०० दशमलव ७६ को बिन्दुमा कायम भएको हो । आज तीन सय २५ कम्पनीको एक करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक खरिदबिक्री हुँदा रू ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैङ्क शून्य दशमलव ०९, जीवन बीमा शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ३४, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य…

विश्वनाथ पौडेल गभर्नर नियुक्त

विश्वनाथ पौडेल गभर्नर नियुक्त सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्री परिषद बैठकले पौडेललाई अठारौं गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि बसेको सिफारिस समितिको बैठकले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरेको हो । जस अनुसार पहिलो नम्बरमा पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराई थिए । पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । त्यस्तै, ढुंगाना राष्ट्र बैंककै कामु गभर्नर हुन् । भट्टराई पूर्व सचिव हुन् ।…

हाइड्रोपावरमा उच्च सेयर कारोबार

हाइड्रोपावरमा उच्च सेयर कारोबार आइतबार सेयर बजारमा कुल ९ अर्ब २४ करोडको कारोबार भयो । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा १३ करोड कम हो । सवा ९ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ३.४४ अंक घटेको छ । सो गिरावटपछि २६२० मा कायम भएको छ । बजारमा आइतबार हाइड्रोपावर कम्पनीहरुको अधिक कारोबार भएको छ । अरु बेला पनि यो सेक्टरका कम्पनीको उच्च कारोबार हुने गरेको छ । तर आइतबार भने करिब ५९ प्रतिशत हिस्सा यहीं एउटा सेक्टरले ओगट्यो । ५ अर्ब ४४ करोड ९४ लाख रुपैयाँको सेयर हाइड्रोपावर कम्पनीहरुको मात्रै कारोबार भयो । कुल कारोबारमा यो ५८.९ प्रतिशत हो ।…

नेप्से घट्याे, काराेबार बढ्याे

नेप्से घट्याे, काराेबार बढ्याे सेयर बजार बुधबार ८.१४ अंक घटेको छ । गिरावटपछि नेप्से परिसूचक २६२३ अंकमा झरेको छ । दिनभर कारोबारका क्रममा आजको अधिकतम अंक २६४२ रह्यो । बजारको परिसूचक घट्दा पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३७ करोडको भयो । १०७ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने एउटाको स्थिर रह्यो । अधिकांश सेक्टरका सूचक घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक १.०६, फाइनान्स १.२४, होटल तथा पर्यटन ०.५०, लगानी ०.११, जीवन बीमा ०.०७, उत्पादन ०.७२, निर्जीवन बीमा ०.१८ तथा अन्य १.१६ प्रतिशत घटे । हाइड्रोपावर ०.६१,…

Read more about the article पाँचाैं दिन सेयर बजारमा झिनाे सुधार
?????????????????????????????????????????????????????????

पाँचाैं दिन सेयर बजारमा झिनाे सुधार

पाँचाैं दिन सेयर बजारमा झिनाे सुधार अघिल्ला चार कारोबार दिन लगातार घटेको सेयर बजारमा बिहीबार २.०७ अंककाे वृद्धि भएकाे छ । वृद्धिपछि नेप्से परिसूचक २६५८ मा कायम भएको छ । कारोबार रकम ३० करोड बढेको छ । अघिल्लो दिन ७ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८७ करोडको भयो । कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे । विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६,…

नेको इन्स्योरेन्सकाे लाभांश घोषणा

नेको इन्स्योरेन्सकाे लाभांश घोषणा नेको इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ । उक्त लाभांश बीमा प्राधिकरण तथा कम्पनीको साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४४ रुपैयाँ हाराहारीमा छ ।

२३ अङ्कले बढ्यो नेप्से

२३ अङ्कले बढ्यो नेप्से नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो । तीन सय १८ कम्पनीको एक करोड चार लाख ४२ हजार ६८३ कित्ता शेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ बराबरको कारोबार भएको छ । उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले…