नेको इन्स्योरेन्सकाे लाभांश घोषणा

नेको इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । साथै कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।
उक्त लाभांश बीमा प्राधिकरण तथा कम्पनीको साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुने कम्पनीले जनाएको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४४ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1