बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा

बैंककाे अवस्था खस्किएपछि एनआइसी एसियाका सिइओले दिए राजीनामा एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राेशनकुमार न्याैपानेले राजीनामा दिएका छन् । २०७५ मङ्सिरमा सिइओ नियुक्त भएका न्यौपानेलाई २०७९ कात्तिकमा पुन: निरन्तरता दिइएको थियो । कार्यकाल २०८३ कात्तिकसम्म रहे पनि बैंकको अवस्था बिग्रन थालेपछि उनी बीचमै बाहिरिन खोजेका हुन् । तर, न्यौपानेले आक्रामक रूपमा व्यवसाय विस्तार गरेको र त्यसबाट बैंकमा समस्या देखिन थालेको बेला उनी बाहिरिँदा नकारात्मक सन्देश जाने भन्दै सञ्चालक समितिले राजीनामा स्वीकृत गरिनसकेको स्रोतहरूले बताएका छन् । न्यौपाने सीइयाे बनेपछि बैंक व्यवसाय विस्तारमा आक्रामक रूपमा लागेको थियो । उनको नेतृत्वमा व्यवसाय बढाउने नाममा जथाभावी कर्जा प्रवाह गरेपछि बैंकको सूचक…

ग्लोबल आइएमई बैंकका उपहार याेजना

ग्लोबल आइएमई बैंकका उपहार याेजना ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १८औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा यो योजना पुस १८ गते विहिबारदेखि माघ १८ शुक्रबारसम्म संचालनमा ल्याएको छ । यस उपहार योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकमा आवद्ध भएका तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरुले यस योजना अवधीमा १८० वा सो भन्दाबढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत् प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक १८० क्यासब्याक…

नबिल बैंक र भिभान्ता होटल बीच समझदारी नबिलका ग्राकलाई फाइदै फाइदा

नबिल बैंक र भिभान्ता होटल बीच समझदारी नबिलका ग्राकलाई फाइदै फाइदा काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा विशेष सुविधामा छुट पाउने भएका छन् । नबिल बैंक र भिभान्ता होटल बीच भएको दुई पक्षीय समझदारी मा यस्तो व्यवस्था गरिएको हो ।नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य ओजश्वी उपाध्याय र भिभान्ता होटलको तर्फबाट महाप्रबन्धक रवि निश्चलले समझदारीमा हस्ताक्षर गरेका हुन । समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, एटिएम कार्ड तथा बैंकबाट पैसा ट्रान्सफर गर्दा १० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खाना, पेय पदार्थ तथा स्पा सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ…

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सको उपलक्ष्यमा ३५छात्रालाई सुबर्ण अबसर

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सको उपलक्ष्यमा ३५ छात्रालाई सुबर्ण अबसर ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंकले छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । पौष १८ गते बिहीबार देखि स्थापनाको १८ औं वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ । ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमअन्तर्गत बैंकले विभिन्न सामुदायिक तथा सरकारी विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा,…

बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ७० अर्ब खिच्दै राष्ट्र बैंक नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ७० अर्ब रुपैयाँ खिच्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट उक्त रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १४ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ…

नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा

नेपाल एसबीआई बैंककाे लाभांश घाेषणा नेपाल एसबीआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकले हाल कायम चुक्ता पुँजीको १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमा ३.८० प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि शेयरधनीले पाउनेछन् ।

वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६८ करोड : नबिल र ग्लोबल आईएमईकै हालीमुहाली

वाणिज्य बैंकहरुको नाफा १७ अर्ब ६८ करोड : नबिल र ग्लोबल आईएमईकै हालीमुहाली २० वाणिज्य बैंकहरुले २ महिनामा १७ अर्ब ६८ करोड भन्दा बढी रुपैयाँ खुद नाफा कमाएका छन् । लगभग दुई महिनाको आबधिमा बढी नाफा कमाऊन सफल नबिल बैंक लिमिटेडले रहेको छ । दोस्रोमा बढी चुक्ता पुँजी रहेको ग्लोबल आईएमई बैंकले नाफा कमाएकाे छ । तेस्रोमा मेगा बैंकसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले नाफा कमाएको छ । चौथोमा एनसीसी बैंकसंग मर्जर गरेर बनेको कुमारी बैंकले नाफा कमाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूले मुनाफा बढाएका छन् । पहिलो त्रैमासिक वित्तीय विवरण सार्जनिक…

सेवा रेमिटको अनुमतिपत्र खारेज

सेवा रेमिटको अनुमतिपत्र खारेज नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोबारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले कुनै लेनदेन बाँकी रहेको भए सूचना प्रकाशित भएकाले ३५ दिनभित्र जानकारी गराउन आग्रह गरिएको छ । सो म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा सेवा रेमिट प्रालिको बैंक जमानत फुकुवा हुने व्योहोरा सूचनामा उल्लेख छ…

डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने नेपाल राष्ट्र बैंकले दशैं–तिहारका लागि लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सक्ने संख्या दैनिक ३० पटक बनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल वालेटमा रकम जम्मा गर्ने संख्या बढाएको हो । दशैं तिहारमा धेरै पैसाको चलन बढ्ने भएकाले संख्या पनि बढाइएको छ । अब प्राकृतिक व्यक्तिले दैनिक ३० पटक सम्म डिजिटल वालेटमा रकम जम्मा गर्न सक्नेछन् । राष्ट्र बैंकले सर्कुलर जारी गर्दै असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको…

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित समिति साढे २ वर्षपछि रद्द नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न गठन गरेको समिति साढे २ वर्षपछि रद्द गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारले नियुक्त गरेका अधिकारीलाई देउवा नेतृत्वको सरकारले गभर्नर पदबाट हटाउन छानबिन समिति गठन गरेको थियो । समिति गठन भएसँगै निलम्बनमा परेपछि अधिकारीले सर्वोच्च अदालत गुहारेका थिए । सर्वोच्चले उनीमाथिको छानबिन प्रक्रिया रोक्न आदेश दिएपछि अधिकारीले निरन्तरता पाएका थिए । अधिकारीले निरन्तरता पाए पनि मन्त्रिपरिषद्को निर्णय भने हेरफेर नभएको अवस्थामा अहिले प्रधामन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त…