डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

नेपाल राष्ट्र बैंकले दशैं–तिहारका लागि लक्षित गर्दै डिजिटल वालेटमा रकम जम्मा गर्न सक्ने संख्या दैनिक ३० पटक बनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल वालेटमा रकम जम्मा गर्ने संख्या बढाएको हो । दशैं तिहारमा धेरै पैसाको चलन बढ्ने भएकाले संख्या पनि बढाइएको छ । अब प्राकृतिक व्यक्तिले दैनिक ३० पटक सम्म डिजिटल वालेटमा रकम जम्मा गर्न सक्नेछन् ।

राष्ट्र बैंकले सर्कुलर जारी गर्दै असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ गतेदेखि २२ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको जनाएको छ ।

यो अस्थायी व्यवस्था हो । चाडवाड सकिएपछि पुर्ववत व्यवस्था नै लागु हुनेछ । सामान्य अवस्थामा दैनिक १० पटक मात्र पैसा जम्मा गर्न पाइने व्यवस्था छ । नेपाल राष्ट्र बैंकले यस पटक डिजिटल कारोबार बढाउने उदेश्यले नयाँ नोट सटहीलाई नगरेर सुकिला नोट सटही मात्र गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

डिजिटल वालेटमा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने