कात्तिक २५ बाट हप्ताको सातै दिन दुबई–भैरहवा–काठमाडौँ उडान
कात्तिक २५ बाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रहेको भैरहवाको गौतम बुद्ध विमानस्थलबाट उडान गर्न फ्लाइ दुवईले पनि टिकट बुकिङ खुल्ला गरेको छ। जसअनुसार यही कात्तिक २५ गतेबाट हप्ताको सातै दिन दुवई–भैरहवा–काठमाडौँ उडान हुनेछ। भैरहवामा मंगलबार फ्लाई दुवईका टोलीसँग छलफल भएपछि टिकट बुकिङ खुलेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिएका छन् । दुबईबाट आएको जहाज दिउँसो १ः४५ मा जहाज भैरहवा अवतरण गर्नेछ। २ः४५ मा जहाज काठमाडौँ प्रस्थान गर्नेछ। भैरहवाबाट दुबई जान चाहनेले काठमाडौँमा एक घण्टा मात्र ट्रान्जिटमा बसे हुन्छ। फ्लाई दुबई यूएईको राष्ट्रिय ध्वजावाहाक वायुसेवा हो। यसअघि कुवेतको जजिरा एयरवेजले यहाँबाट उडान गर्नको…