एक वर्षमा भित्रियाे साढे १४ खर्ब रेमिट्यान्स

एक वर्षमा भित्रियाे साढे १४ खर्ब रेमिट्यान्स गत आर्थिक वर्ष २०८०/०८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । यो वर्ष महँगी सीमाभित्र राख्न सरकार सफल भएको छ । गत आवमा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत थियो । त्यस्तै आव २०८०/८१ मा चालू खाता २ खर्ब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालू खाता ४६ अर्ब ५७ करोडले घाटामा थियो ।…

आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा

आयल निगमका ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा नेपाल आयल निगम लिमिटेडले ६ डिपो प्रमुखसहित २१ कर्मचारीको सरुवा गरेको छ । निगम व्यवस्थापनको निर्णयअनुसार मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा उपनिर्देशक प्रलयंकर आचार्यलाई पठाएको छ । उनी केन्द्रीय कार्यालयको प्रशासन महाशाखामा थिए । अमलेखगंजका विनीतमणि उपाध्यायको केन्द्रीय कार्यालय इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखमा सरुवा भएको छ । पाइपलाइन तथा भण्डारण गृहलगायतका ठूला परियोजना निर्माण गर्ने यो विभागको एक वर्षयता कार्यसम्पादन सन्तोषजनक नभएकाले न्यून बजेट खर्च भएको भन्दै  । उपाध्यायलाई इन्जिनियरिङ विभागको नेतृत्वमा ल्याएको छ । सबै कर्मचारीहरू अनुभव र कार्यक्षमताका आधारमा सरुवा भएका छन । चालू आव ०८१/८२ मा निगमले अमलेखगन्ज–चितवन तथा सिलगुढी–झापा पाइपलाइन…

११ जीवन बीमा कम्पनीकाे नाफा बढ्याे, तीन वटाकाे घट्याे

११ जीवन बीमा कम्पनीकाे नाफा बढ्याे, तीन वटाकाे घट्याे जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाले नाफा बढाएका छन् भने छ तीन वटाले घटाएका छन् । यस वर्ष नाफा घट्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटा लाइफ इन्स्योरेन्स र सननेपाल लाइफ इन्स्योरेन्स छन् । यी कम्पनीहरूको नाफा २६.५३ प्रतिशतदेखि ६८.३४ प्रतिशतसम्मले घट्न पुगेको छ । नेप्सेमा सूचिकृत १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षभरिमा कूल ५ अर्ब ७३ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको नाफाको तुलनामा १५.१८ प्रतिशतले बढी…

वीरगन्जमा अवैध सामान ओसारपसार निरन्तर

वीरगन्जमा अवैध सामान ओसारपसार निरन्तर वीरगन्जमा भारतबाट अवैध सामान ओसारपसारको काम रोकिएको छैन । हरेक दिनजसो अवैध रूपमा आएका सामान पक्राउ भइरहेका छन् । वीरगन्जमा भन्सार छलेर लुकाइराखेको अवस्थामा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धानको टिमले चिनी, केराउ र लत्ताकपडा बरामद गरेको छ । तस्करले स्थानीयको घरमा गोदाम गरेर राखेको अवस्थामा उक्त सामान बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षकले विशेष सुराकीका आधारमा अवैध सामान पक्राउ गरेको बताए । उनले गोदाममा चिनी, केराउ, लत्ताकपडासहितका सामान रहेको बताएका छन् ।

कसरी हरायाे टेलिकमका पाेष्टपेड प्रयाेगकर्ताकाे ब्यालेन्स ?

कसरी हरायाे टेलिकमका पाेष्टपेड प्रयाेगकर्ताकाे ब्यालेन्स ? नेपाल टेलिकमका लाखौं पोस्टपेड मोबाइल प्रयोगकर्ताको ब्यालेन्स शुक्रबार गायब भएको छ । ग्राहकको फोनमा ब्यालेन्स कम हुने तथा वन वे हुने समस्या देखिएको हो । टेलिकमका प्रवक्ता किशोरकुमार भट्टका अनुसार कम्पनीको सिस्टममा समस्या आउँदा केही समयका लागि कल ब्यारियर हुने समस्या देखिएको थियो । 'हाम्रो सिस्टममा समस्या आउँदा पोस्टपेड ग्राहकले समस्या सामना गर्नुपर्‍यो,' प्रवक्ता भट्टले भने, 'अहिले यो समस्याको समाधान भएको छ ।' यसरी टेलिकमको सेवामा समस्या आउँदा धेरै प्रयोगकर्ताले ब्यालेन्स रिचार्ज गरी सेवा सुचारु गरेका थिए ।

बर्दिवासमा एमडब्लुकाे नयाँ शोरुम भव्य उद्घाटन

बर्दिवासमा एमडब्लुकाे नयाँ शोरुम भव्य उद्घाटन नेपालमा व्यावसायिक सवारी साधनको अग्रणी प्रदायक कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रा.लि.ले बर्दिवासमा आफ्नो ब्राण्ड-न्यू शोरुमको भव्य उद्घाटन गरेको छ। होटल रेड क्राउन, बर्दिबासको छेउमा रहेको यो अत्याधुनिक सुविधासम्पन्न शोरुम साउन २५ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो। शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन् । फोटोन मोटर्स (चीनकोनम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रदान गर्दछ। आफ्नो व्यावसायिक सवारी साधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लू वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ, जसको बहुमुखी…

सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न

सिटिजन्स बैंकको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स सम्पन्न सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकमाझ सचेतना जगाउन #sachetcitizen नै हो #safecitizen भन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धकलगायत विभागीय प्रमुख एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्समा भिडियो सार्वजनिक गरेका हुन् ।बढ्दो डिजिटलाइजेसनसँगै पछिल्ला केही वर्ष बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बहानामा ग्राहकसँग पासवर्ड, ओटीपी, खाताको विवरण मागेर साथै चिठ्ठा तथा अन्य बहुमूल्य सामान जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी…

पन्च इभीको प्रि–बुकिङ्ग खुला

पन्च इभीको प्रि–बुकिङ्ग खुला नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्गले बहुप्रतिक्षित पन्च इभीको प्रि – बुकिङ्ग खुला गरेको छ । अब ग्राहकले कम्पनीको आधिकारिक वेबसाइटमार्फत प्रि–बुकिङ्ग गर्न सक्नेछन् । प्रि–बुकिङ्ग गरिएका गाडीहरु आगामी नाडा अटो सोबाट प्राथामिकताका साथ डेलिभरी सुरु गरिने जनाइएको छ । उत्कृष्ट एक्ट.इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गरिएको छ । साथै, पर्यावरणमैत्री एवं खर्चको दृष्टिकोणले किफायती रहेको कम्पनीको भनाइ छ । एक विशेष इलेक्ट्रिक एसयूभीमा हुनुपर्ने हरेक गुण पन्च इभीमा रहेको छ । १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स…

अर्थमन्त्रीले गरे सचिवहरुसँग कार्यसम्पादन सम्झाैता

अर्थमन्त्रीले गरे सचिवहरुसँग कार्यसम्पादन सम्झाैता उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ । कार्य सम्पादन सम्झौतामा चालू आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा उल्लेख गरिएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो । अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टीमलाई परिचालन गरेर सचिवहरु र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने विश्वास व्यक्त गरे । अर्थसचिव डा.घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता…

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंसको अटो मोबाइल डिभिजन सीजी मोटो कर्पले साउन २७ देखि २९ गतेसम्म “KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE” नारामा मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प संचालन हुन लागेको पनि कम्पनीले जनाएको छ। सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा…