कसरी हरायाे टेलिकमका पाेष्टपेड प्रयाेगकर्ताकाे ब्यालेन्स ?

नेपाल टेलिकमका लाखौं पोस्टपेड मोबाइल प्रयोगकर्ताको ब्यालेन्स शुक्रबार गायब भएको छ । ग्राहकको फोनमा ब्यालेन्स कम हुने तथा वन वे हुने समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता किशोरकुमार भट्टका अनुसार कम्पनीको सिस्टममा समस्या आउँदा केही समयका लागि कल ब्यारियर हुने समस्या देखिएको थियो । ‘हाम्रो सिस्टममा समस्या आउँदा पोस्टपेड ग्राहकले समस्या सामना गर्नुपर्‍यो,’ प्रवक्ता भट्टले भने, ‘अहिले यो समस्याको समाधान भएको छ ।’

यसरी टेलिकमको सेवामा समस्या आउँदा धेरै प्रयोगकर्ताले ब्यालेन्स रिचार्ज गरी सेवा सुचारु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

कसरी हरायाे टेलिकमका पाेष्टपेड प्रयाेगकर्ताकाे ब्यालेन्स ?