जेलमा रहेका सहकारी अध्यक्षसँग छानबिन समितिले लियाे बयान
जेलमा रहेका सहकारी अध्यक्षसँग छानबिन समितिले लियाे बयान संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान लिएको छ । उनी बचतकर्ताको रकम दुरुपयोग गरेकाे अभियाेगमा २०८० भदौ २० गतेदेखि नख्खु कारागारमा छन् । समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको हो ।जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दायर गरेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा उनी कारागारमा छन् । तुलसी सहकारीविरुद्ध १ हजार १४५ जना बचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको आराेप छ । तुलसी सहकारीमार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २०८०…