झन्डै १० अंकले बढ्याे नेप्से

झन्डै १० अंकले बढ्याे नेप्से सेयर बजार परिसूचक नेप्सेमा मंगलबार झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । ९ अंकले नेप्से बढ्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।…

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि

दुई प्रतिशतले घट्याे मूल्य वृद्धि अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा यस आर्थिक वर्षको पहिलो ६ महिनामा २ प्रतिशतले मूल्य वृद्धि घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८५ प्रतिशत छ । २०८० पुस महिनामा घ्यूतथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको सूचकाङ्कमा समेत…

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको छ । क्याम्पेनअन्तर्गत ग्राहकले ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । डेकरका उत्पादनहरु स्टाइलिश, टिकाउ र भरपर्दो भएकाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ । ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ । प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर…

नेपाल टेलिकम २१औँ वर्षमा

नेपाल टेलिकम २१औँ वर्षमा सन् २००४ देखि कम्पनीमा परिणत भएको नेपाल टेलिकम साेमबारदेखि २१औँ वर्षमा लागेको छ । सुरुमा नेपाल दूरसञ्चार संस्थानका रुपमा रहेकाे टेलिकमले कम्पनीका रुपमा सेवा दिन थालेको दुई दशक पुग्दा भ्वाइस सेवातर्फ ग्राहकको सङ्ख्या २०८० मङ्सिर मसान्तसम्ममा २ करोड १२ लाख ४२ हजार ५०० पुगेकाे छ । यस्तै, इन्टरनेट डाटातर्फ सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३०० जनाभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा कूल आम्दानी ४४ अर्ब ४२ करोड रुपैयाँ थियो । यसमध्ये ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको टेलिकमले जनाएको छ । कूल आम्दानीमध्ये…

काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात

काँकडभिट्टाबाट ३ महिनामा साढे ३ अर्बकाे सामान निर्यात नेपालकाे सुदूर पूर्वीनाका काँकडभिट्टाबाट कात्तिकदेखि पुस मसान्तसम्मको तीन महिनामा ३ अर्ब ६९ करोड ५ लाख मूल्य बराबरको कृषि, जडीबुटी तथा काष्ठ उत्पादन भारत, बङ्गलादेशलगायतका मुलुकमा निर्यात भएको छ । यस अवधिमा सबैभन्दा बढी १ अर्ब ६६ करोड ८ लाख मूल्य बराबरको चिया निर्यात भएकाे छ भने अलैँची, अम्रिसाे, प्लाइउड र अदुवासमेत उल्लेख्य मात्रामा गएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार ९८ करोड ९६ लाख बराबरको अलैँची, ५३ करोड १२ लाख बराबरको प्लाइउड, ३० करोड ४६ लाख मूल्यको अदुवा र १३ करोड ८१ लाख २० हजार मूल्य बराबरको अम्रिसाे निर्यात भएको छ…

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी

अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको प्रधानमन्त्रीकाे दाबी प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रका सबै सूचक सही अवस्थामा फर्किएको बताएका छन् । उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको शनिबार उदघाटन गर्दै दाहालले पछिल्लाे समय अर्थतन्त्र ठीक बाटोमा अगाडि बढेको दाबी गरेका हुन् । प्रभावकारी कार्यान्वयन गर्न अब सरकारले बजेट बनाउने ढाँचा नै बदल्ने पनि उाले बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेट बक्तव्यमा ३ करोडभन्दा कम लागतका योजना संघीय सरकारले कार्यान्वयन नगर्ने निर्णय भईसकेको उनले जानकारी गराए । दाहालले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको जनताले अनुभुत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा पनि जोड दिए । रौतामाई गाउँपालिका–२ स्थित भुट्टारमा करिब १० कट्टा…

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात

६ महिनामा डेढ अर्बको दुग्धजन्य पदार्थ आयात नेपालले ६ महिनाको अवधिमा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको दुग्धजन्य पदार्थ भित्र्याएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४३ करोड ८९ लाख २३ हजार रुपैयाँको दुग्धजन्य पदार्थ भित्रिएको हो । सोही अवधिमा नेपालबाट केही परिमाणमा दुग्धजन्य वस्तु पनि बाहिरिएको छ । जसअनुसार ६ महिनाको अवधिमा ६ करोड ३४ लाख ६५ हजार रुपैयाँको दुग्धजन्य पदार्थ निर्यात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । दुग्धजन्य पदार्थमा नेपालले १ अर्ब ३७ करोड ५४ लाख ५८ हजार व्यापार घाटा बेहोरेको छ । ६ महिनाको दुग्धजन्य पदार्थको कारोबारबाट ५७ करोड ७८ लाख…

‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा

‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा एसपीजी अटोमोबाइल्स प्रालिले ४३० किलोमिटर रेन्ज दिने ‘ओमोडा ई ५’ ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ । ओमेडा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सारडा ग्रुपअन्तर्गतको एसपीजी अटोमोबाइल्सले शुक्रबार लङ रेन्ज ओमेडा ईभी नेपाली बजारमा लन्च गरेको हो । ओमेडाको ई५ ले ४३० किलोमिटरको रेन्ज दिने दाबी गरेको छ । ओमोडा ई५ को सुरूवाती मूल्य ४९ लाख ४९ हजार रहेको जनाएको छ । गाडीमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडष्टिभ कुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग लगायत १७ भन्दा बढी प्रकारका एडास फिचर…

यतीले ल्यायाे थप दुई एटिआर विमान

यतीले ल्यायाे थप दुई एटिआर विमान यती एअरलाइन्सले थप दुई वटा एटिआर ७२–५०० विमान खरिद गरेको छ । ७२ सिट क्षमताको दुईवटै विमान यतीले बंगलादेशबाट किनेको हो । सन् २०२४ भित्रै थप ३ वटा जहाज ल्याई १० वटा एटीआर पुर्‍याउने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार एटिआर ७२–५०० टर्बोप्रप विमानले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७०–७२ सिट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । पिडब्लु १२७ इन्जिनहरूद्वारा संचालित एटिआर ७२–५०० यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकोले उडानको क्रममा आरामदायी हुनेछ । यती एयरलाइन्सले काठमाडौँ,…

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिनामै भित्रिए ७९ हजार पर्यटक सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए । चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९…