झन्डै १० अंकले बढ्याे नेप्से

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार झन्डै १० अंकको वृद्धि भएको छ । अघिल्लो दिन १४ अंकले बढेको सूचकमा मंगलबार थप ९.४४ अंकको वृद्धि हुँदै २ हजार ८५.७१ अंकमा उक्लिएको हो । ९ अंकले नेप्से बढ्दा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्सको ३३ करोड ७६ लाख २ हजार ४७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको १६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेपाल रि–इन्स्योरेन्सको ८ करोड ७४ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

१३ वटा उपसूचकहरू मध्ये आज ट्रेडिङ र अन्य समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५७ वटा कम्पनीको मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

झन्डै १० अंकले बढ्याे नेप्से