काेराेना बिमाकाे ११ अर्ब भुक्तानी दिने तयारी

काेराेना बिमाकाे ११ अर्ब भुक्तानी दिने तयारी सरकारले कोरोना बीमाको बक्यौता रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढाउने भएको छ । अर्थ मन्त्रालयको तथ्यांकअनुसार १ लाख २९ हजार ४६४ जनाको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । ती व्यक्तिको ११ अर्ब ३२ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी छ । यसअघि सरकारले कोरोना बीमा बापतको दाबी भुक्तानीका लागि डेढ अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत सरकारले कोरोना बिमामा ५० प्रतिशत अनुदान दिने र निजामती कर्मचारीको निःशुल्क कोरोना बीमा गर्ने घोषणा गरेकाे थियाे । अर्थमन्त्री विष्णु पौडेलले कोरोना बीमाको रकम भुक्तानी गर्ने बताए पनि महालेखा परीक्षकले भने…

औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय : गभर्नर

औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले औद्योगिक व्यावसायिक वातावरण निर्माण मौद्रिक नीतिको मूल ध्येय रहने बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपालले काठमाडौंमा बिहीबार आयोजना गरेको ‘मौद्रिक नीति पूर्व छलफल कार्यक्रम’ मा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंकिङ प्रणालीमा रहेको स्रोतलाई उत्पादनमा लैजाने र अधिकतम रोजगारी सिर्जना गर्ने दिशामा उपयोग गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने उनले बताए । ‘विगतमा जस्तै आगामी मौद्रिक नीति पनि अर्थतन्त्रमा बैंकिङ क्षेत्रको योगदान उच्च रहने गरी निर्माण हुन्छ,’ उनले भने, ‘मौद्रिक नीतिप्रति अपेक्षा, आकांक्षा र रुचि धेरै नै रहेको छ ।…

मधेश सरकारकाे घाेषणा : किसानलाई पेन्सन

मधेश सरकारकाे घाेषणा : किसानलाई पेन्सन मधेश सरकारले आगामी आर्थिक वर्षदेखि किसान कार्ड वितरण र किसानलाई पेन्सन दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट शनिबार प्रदेशसभामा प्रस्तुत गर्दै अर्थमन्त्री भरत प्रसाद साहले किसान कार्ड र पेन्सनका लागि बजेट विनियोजन गरेको बताए । उनले कृषि विद्युतिकरण विस्तार र कृषि विल निःशुल्क गर्ने घोषणा पनि गरे । उनले धान, गहुँ र तेलहन बीउका लागि तथा कृषि सडक निर्माणका लागि पनि बजेट विनियोजन गरेको बताए । उनले एक पालिका एक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरिने र पशुमा खोरेत रोगको प्रकोप देखिने गरेकाले खोरेत रोगमुक्त प्रदेशका लागि आवश्यक बजेट विनियोजन गरेको…

आईएमई लाइफ इन्स्योरेन्सकाे २६.३१ प्रतिशत लाभांश पारित

आईएमई लाइफ इन्स्योरेन्सकाे २६.३१ प्रतिशत लाभांश पारित आईएमई लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभाले २६.३१५८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालको सभापतित्वमा जेठ २८ गते सोमबार काठमाडाैंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा उक्त साधारण सम्पन्न भएको हाे। साधारण सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्ता पुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५७९ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको हाे। सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन…

नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित

नेशनल लाइफद्वारा ८० जना अभिकर्ता सम्मानित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ताहरूलाई सम्मानित गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा इटहरीमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मानित गरिएको हो । समारोहमा नेशनल अवार्ड विजेता अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अङ्कित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरिएको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यावसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभर…

मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया

मिलिम्यान समूहका पार्टनरको उपस्थितिमा जीवन बीमाबारे अन्तर्क्रिया जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमाका समसामयिक विषयबारे छलफल गर्न विश्वकै ठूलो स्वतन्त्र एक्चुरियल र परामर्शदाता संस्था मिलिम्यान समूहका पार्टनर तथा कम्पनीका एक्चुअरी फिलिप ज्याक्सनको उपस्थितिमा काठमाडौंको होटल एम्बेसडरमा विशेष अन्तक्र्रिया कार्यक्रम गरेको छ ।नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उच्च पदस्थ कर्मचारी, जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल लाइफ इन्सुरेन्सका उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले नेपालको बीमा क्षेत्रमा रहेका समसामयिक चुनौती र अवसरहरूको बारेमा चर्चा गर्ने अभिप्रायका…

१९ सयको बिन्दुमा ओर्लियाे नेप्से

१९ सयको बिन्दुमा ओर्लियाे नेप्से सेयर बजार परिसूचक नेप्से आइतबार १९ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक २६.८१ अंकले घट्दै १९ सय ७९.०२ बिन्दुमा झर्न पुगेको हो । यस्तै, आइतबार ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्ससमेत ५.७४ अंकले घट्दै ३५३.८३ अंकमा झरेको छ । मौद्रिक नीतिको पहिलो समीक्षापछि २१ सयको बिन्दुमा पुगेको नेप्से सूचक सोही मौद्रिक नीतिको दोस्रो त्रयमासको समीक्षापछि पुनः ओरालो लाग्न थालेको हो । आइतबार कूल २४८ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । फाइनान्स र म्यानु एण्ड प्रो समूहका उपसूचक धनात्मक भएकोमा बाँकी ११ वटा उपसूचक…

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले उल्लेखनीय प्रगति गरेकाे हाे । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको…

क्यान इन्फोटेक २०२४ माघ २३ देखि

क्यान इन्फोटेक २०२४ माघ २३ देखि क्यान इन्फोटेक २०२४ माघ २५ देखि काठमाडौंमा सञ्चालन हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले बिहीबार बिहीवार पत्रकार सम्मेलन गरी मेलाकाे तयारी अन्तिम चरणमा पुगेको जनाएकाे छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँनयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले क्यान महासंघको आयोजनामा मेला गर्न लागिएको बताइएको छ । पत्रकार सम्मेलनमा महासंघका महासचिव चिरञ्जीवि अधिकारीले माघ २५ बाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९ औं संस्करणको क्यान इन्फोटेक मेला हुन लागेको बताए । उनले यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर ईसेवामार्फत…

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एनसेलकाे फोरजी सेवामा थप सुधार एनसेलले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लाहरुमा फोरजी सेवामा थप सुधार गरेको छ । यससँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका डेढ दर्जन बढी क्षेत्रका ग्राहकहरुले सुधारिएको फोरजी सेवा पाएको कम्पनीले जनाएको छ । देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरी आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको कम्पनीको भनाइ छ । हाल सुदूरपश्चिमका बेलौरी, धनगढी, गौरीगंगा, घोडाघोडी, जानकी, कृष्णपुर र लम्कीचुहामा फोरजी सेवा सुधार गरिएको छ । त्यसैगरी लुम्बिनीका बुटवल, देवदह, घोराही, लुम्बिनी सांस्कृतिक विकास क्षेत्र, नरैनापुर, ओमसतिया, सैनामैना, सिद्धार्थनगर, सुनवल, तिलोत्तमा र तुलसीपुरमा फोरजी सेवा सुधार गरिएको छ…