लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे

लयमा फर्किंदै पर्यटन : नेपाल घुम्ने विदेशीकाे संख्या बढ्याे नेपाल घुम्न हवाई माध्यमबाट आउने पर्यटकको सङ्ख्या बढेकाे छ । गत वर्षको जनवरी र फेब्रुअरीको तुलनामा २०२४ मा उल्लेख्य मात्रामा विदेशी पर्यटक भित्रिएका छन् । जनवरी र फेब्रुअरीमा मात्रै १ लाख ७६ हजार ५ सय २६ विदेशी आएका छन् । नेपाल आउनेमध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट दुई महिनामा ५० हजार पर्यटक आएका छन् । भारतबाट आउनेमा धेरैजसो धार्मिक पर्यटक छन् । उनीहरूले नेपालको लुम्बिनी, मुक्तिनाथ, पोखरा, पशुपतिनाथलगायतका धार्मिक स्थलको दर्शन गरेका छन् । भारतपछि धेरै आउनेमा चिनियाँ छन् । १६हजार ४ सय ४७ जना चीनबाट आएका छन् ।…

इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड

इन्दु शंकर चिनी उद्योगले किसानलाई दियाे १ अर्ब ३१ करोड सर्लाहीको इन्दु शंकर चिनी उद्योगले उखु किसानलाई १ अर्ब ३१ करोड रुपैयाँभन्दा धेरै भुक्तानी गरेको छ। मिलले गत पुस ६ गतेदेखि बिहीबार बिहानसम्म किसानलाई १ अर्ब ३१ करोड रुपैयाँ भुक्तानी गरेको हो । गत वर्षसम्म भुक्तानीमा ढिलाई गर्दै आएको मिलले यस वर्ष उखु काँटा गरेको एक सातामै किसानको खातामा भुक्तानी पठाउन थालेको छ । यस वर्ष उखुको मूल्य सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानसहित ६३५ रुपैयाँ निर्धारण भएको छ। सञ्चालनमा आएको ७१ दिनको अवधिमा इन्दु शंकरले २६ लाख ४२ हजार १ सय क्विन्टल उखु क्रसिङ गरेको छ। यस वर्ष मिलले ३५ लाख…

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट

सिटिजन्स बैंकका ग्राहकलाई सिटिस्केप थकालीमा छुट सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंकाे दरबारमार्गमा रहेकाे सिटिस्केप थकालीबीच ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकले सिटिस्केप थकालीमा १० प्रतिशतसम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंकले देशैभर रहेका १९० शाखा, १५२ एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट ग्राहकलाई आधुनिक बैंकिङ्ग…

प्रजातन्त्र दिवसमा टेलिकमकाे अफर

प्रजातन्त्र दिवसमा टेलिकमकाे अफर नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अफर ल्याएकाे छ । आइतबारदेखि फागुन १२ सम्म उपलब्ध हुने अफर साविक बमोजिमको ‘फ्रि रिसोर्स’ अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहीद परिवारलाई निःशुल्क उपलब्ध गराइनेछ । एफटीटीएचअन्तर्गत ५० एमबीपीएसको ‘एयर्ली वान टाइम’ प्याकेज र कम्बो एयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधासहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २०…

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन देशभरिका महिला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा भएको छ । ‘महिलाको लगानी, घर–घरमा उद्यमी’ भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अगुवाइमा सम्मेलन भएको हो । उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीहरूबारे सम्मेलनमा उपस्थित महिला उद्यमीहरूले ध्यानाकर्षण गराए । साथै, थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत-साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकोले महिला उद्यमी एवम् लघु, घरेलु तथा साना उद्योगबाट ठुलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औँल्याए । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला…

भारतले जमिन हस्तान्तरण गरेसँगै आइसिपी निर्माण तीव्र

भारतले जमिन हस्तान्तरण गरेसँगै आइसिपी निर्माण तीव्र गत वर्ष भारतले जमिन हस्तान्तरण गरेसँगै रुपन्देहीको बेलहियामा एकीकृत भन्सार जाँच चौकी (आईसीपी) निर्माणले गति लिएकाे छ । के.एस.एम.वसिर मोहम्मद एन्ड सन्स लखनउ र कन्सल्टेन्ट राइट्स कम्पनीले निर्माणको कामलाई तीव्रता दिएका छन् । ठेकेदारसँग भएको दुई वर्षे सम्झौता अनुसार काम सुरु भएको ८ महिना भएको छ । यस अवधिमा भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत भएको छ । दुई चरणमा निर्माण हुने परियोजनामा पहिलो चरणमा भौतिक निर्माण र त्यसपछि अर्को चरणमा डेकोरेशनको काम हुनेछ । अहिले गोदाम घर, कार्यालय र कर्मचारी आवास गृह, प्रशासकीय भवन, भन्सार, क्वारेन्टाइन, विद्युतीय स्टेसन, घण्टाघर,…

लुम्बिनी केबलकारमा ५०% छुट

भ्यालेन्टाइन्समा लुम्बिनी केबलकारमा ५०% छुट लुम्बिनी केबलकारले प्रणय दिवस (भ्यालेन्टाइन डे) लाई लक्षित गरी टिकट दरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । कम्पनीले माघ २४ गतेदेखि फागुन २ गतेसम्म बुटवल र पाल्पा जोड्ने गरी बनेको केबलकारको दुईतर्फी यात्राको टिकट दर पाँच सय रुपैयाँ कायम गर्ने घोषणा गरेको हो । नेपालीसँगै भारतीय नागरिकलाई पनि टिकट दरमा ५० प्रतिशत छुट गरिएको कम्पनीले जनाएकाे छ । कम्पनीले यसअघि ल्याएको ‘मर्निङ अफर’ र दशैं तिहार लक्षित चाडपर्व अफरले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गरेको हुँदा भ्यालेन्टाइन अफरले विशेष गरी युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको विश्वास छ । केबलकारको टिकट दर एक हजार…

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि

नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि नेपाल लाइफ इन्स्याेरेन्सकाे खुद नाफामा १२.९० प्रतिशत वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले उल्लेखनीय प्रगति गरेकाे हाे । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमा शुल्क आर्जन रु. २,०००.०६ करोड रहेको छ जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमा शुल्क रु. १,८६२.७२ करोडको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको…

अन्नपूर्ण केबलकारकाे भ्यालेनटाइन्स अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा

अन्नपूर्ण केबलकारकाे भ्यालेनटाइन्स अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन्स डे’ का लागि विशेष अफर ल्याएको छ । अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार याे अफर नेपाली नागरिकका लागि मात्र लागू हुनेछ । यस्तो अफर आगामी दिनहरूमा पनि ल्याउने कम्पनीले छ ।

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन

ब्लाक एण्ड डेकरकाे ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले ‘भ्यालेन्टाइन्स डे’ का लागि ‘गिफ्ट्स टु शेयर, लभ इन द एयर’ क्याम्पेन ल्याएको छ । क्याम्पेनअन्तर्गत ग्राहकले ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । डेकरका उत्पादनहरु स्टाइलिश, टिकाउ र भरपर्दो भएकाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ । ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ । प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्लाक एण्ड डेकरको कफि मेकर…