भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन

देशभरिका महिला उद्यमी सम्मिलित दुई दिने ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ भैरहवामा भएको छ । ‘महिलाको लगानी, घर–घरमा उद्यमी’ भन्ने नारासहित नेपाल उद्योग वाणिज्य महासङ्घको महिला उद्यमी विकास समितिको अगुवाइमा सम्मेलन भएको हो ।

उद्यम व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थासँगै प्रक्रियागत सहजता, तालिम, पुँजी, प्रविधि, दक्ष जनशक्ति र बजारीकरणसम्मका विद्यमान चुनौतीहरूबारे सम्मेलनमा उपस्थित महिला उद्यमीहरूले ध्यानाकर्षण गराए । साथै, थोरै पुँजी लगानीबाटै स्थानीय स्रोत-साधनको परिचालन गरी व्यवसाय सञ्चालन गर्न सकिने भएकोले महिला उद्यमी एवम् लघु, घरेलु तथा साना उद्योगबाट ठुलो आर्थिक उन्नतिको सम्भावना रहेको पनि उनीहरूले औँल्याए ।

सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले महिला उद्यमलाई लागत, खर्च र आयसँग जोड्ने बेला भएको धारणा राखे । उनले महिलाहरूले कम्तीमा ३० हजारभन्दा माथि कसरी कमाउन सक्छन् भन्ने विषयमा लुम्बिनी प्रदेशले उद्यमशीलता कार्यक्रमका तयारी गरेको जानकारी दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले साना उद्योगीको प्रवर्द्धन, महिला उद्यमीको सशक्तीकरण र आर्थिक समृद्धिको प्रवर्द्धनसँगै दिगो व्यवसायका लागि सरकारले वातावरण तयार गर्नुपर्ने बताए ।

महासङ्घका उपाध्यक्ष हेमराज ढकालले महिला उद्यमशीलता विकासका लागि सरकार निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताए । सम्मेलनमा देशभरबाट ३ सय ५० महिला उद्यमी व्यवसायी तथा व्यवसाय सञ्चालनका लागि इच्छुक महिलाहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

Leave a Reply

भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन